नखुल्ने भो नायब सुब्बा र खरिदारको विज्ञापन - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

नखुल्ने भो नायब सुब्बा र खरिदारको विज्ञापन

साइनो समाचारदाता

काठमाडौं । यस वर्ष नायब सुब्बा र खरिदार तहको परीक्षा नहुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा सूचना जारी गरेसँगै यी तहको विज्ञापन यो बर्ष नखुल्ने भएका हुन् ।

मन्त्रालयले सर्कुलर जारी गरी राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न वा नगराउन सबै सरकारी कार्यालयहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयहरुलाई पदपूर्तिसम्बन्धी माग स्थगित गर्न निर्देशन दिएसँगै यो बर्ष नायब सुब्बा र खरिददार पदको विज्ञापन नहुने प्रवल सम्भवना देखिएको छ ।

सम्बन्धित खवर