सत्तारुढ नेकपाले छान्यो राष्ट्रिय सभाका उम्मेदवार - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

सत्तारुढ नेकपाले छान्यो राष्ट्रिय सभाका उम्मेदवार

साइनो समाचारदाता

काठमाडौं । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सत्तारुढ नेकपा (नेकपा)ले उम्मेदवार सिफारिस गरेको छ ।

गोपी अछामी 

प्रदेश १ बाट इन्दु गौतम (महिला), गोपी अछामी (दलित), देवेन्द्र दाहाल (अन्य)लाई सिफारिसमा परेका छन् । प्रदेश २ बाट तुलसा दाहाल (महिला) र राधेश्याम पासवान (दलित), प्रदेश ३ बाट गंगा बेल्बासे (महिला), बेदुराम भुषाल (अन्य), गण्डकीबाट नारायणकाजी श्रेष्ठ (अन्य), भगवती न्यौपाने (महिला), प्रदेश ५ बाट विमला घिमिरे (महिला), जगप्रसाद शर्मा (अपांगता÷अल्पसंख्यक) र गोपाल भट्टराई (अन्य)लाई सिफारिस गरिएको छ । श्रेष्ठ पार्टी प्रवक्ता हुन् । त्यस्तै कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा (अन्य), सुमित्रा बिसी (महिला) र सुदूरपश्चिमबाट तारामान स्वार (अन्य), शारदा भट्ट (महिला)लाई नेकपाले सिफारिस गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले सातै प्रदेशबाट उम्मेदवार बनाएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । राष्ट्रियसभामा रिक्त १९ मध्ये १८ सिटका लागि निर्वाचन हुँदैछ ।

देवेन्द्र दाहाल

निर्वाचन आयोगका अनुसार। प्रदेश नम्बर १ को लागि मोरङको विराटनगर महानगरपालिका स्थित वीरेन्द्र सभागृहलाई मतदान स्थल तोकेको छ । प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाताले विराटनगरमा मत हाल्नेछन् ।

प्रदेश नम्बर २ मा पनि एक मदतान स्थल तोकिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका स्थित महेन्द्रनारायण स्मृति भवनलाई तोकिएको स्थलमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २७२ गरी जम्मा ३७९ जनाले मत हाल्ने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थललाई पनि मतदान केन्द्र तोकिएको छ । केन्द्रमा प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् ।

गण्डकी प्रदेशमा कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् । साथै प्रदेश नम्बर ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता सो केन्द्रमा मत हाल्नेछन् । कर्णाली प्रदेशमा सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।

आयोगले सुदूरपश्चिम प्रदेशमा डोटीको सिलगढी नगरपालिकाको पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकिदिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका आयोगका सहसचिब एवम् प्रवक्ता राजकुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

सम्बन्धित खवर