युमा साम्यो बुद्धशान्ति गाउँपालिकाको प्रथम अधिवेशन - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

युमा साम्यो बुद्धशान्ति गाउँपालिकाको प्रथम अधिवेशन

साइनो समाचारदाता

बुद्धशान्ति । युमा साम्यो महासभा नेपाल झापा जिल्ला शाखाको आयोजनामा बुद्ध शान्ति गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

साम्योका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम, केन्द्रीय महासचिव डा. रमेस इजम, केन्द्रिय सचिव भिमसेन लिङदम, केन्द्रिय सल्लाहकार चित्र वनेम, केन्द्रिय सल्लाहकार आर बी याक्थुङचुम, याक्थुङ भाषा लिपि प्रचारक अशोक नेम्वाङ, युमा साम्यो सुनसरी जिल्ला अध्यक्ष नेत्र साक्वादेन, सोदुङगेन लेप्मुहाङ फेदाङ्मा सङ्जुम्भो झापाका अध्यक्ष पुर्ण प्रसाद तबेबुङ (कमल), समाजसेवी मानबहादुर साँबा, लिम्बू विद्यार्थी मञ्च का केन्द्रिय उपाध्यक्ष मोहन माबो र ऐतिहासिक चासोक तङनाम समितिका अध्यक्ष करण योङहाङद्वारा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले याक्थुङ समुदायको मौलिक परम्परा धर्म सस्कार सस्कृति संरक्षण तथा सम्बद्र्धन बारे जोड दिएका थिए ।

युमा साम्यो महासभा झापा जिल्लाका अध्यक्ष टेकबहादुर यङहाङको सभापतित्व रहेको कार्यक्रममा पुर्ण सुहाङ(मिङ्स्रो)द्वारा कार्यक्रम संचालन गरेको सभामा दुई सय बढी को उपस्थिति रहेको थियो । अधिवेशनले देवेन्द्र लिबाङको अध्यक्षतामा ११ सदस्यीय बुद्ध शान्ति गाउँपालिका स्तरीय कार्य समिति तथा पुर्ण प्रसाद तबेबुङ को संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार समिति चयन गरेका छ । कार्य समितिको उपाध्यक्षमा ऐत बहादुर साँबा, सचिबमा पवन थलङ, सहसचिवमा दिलु हेल्लोक, कोषाध्यक्षमा जमुना लिम्बू केदेम र सदस्यमा तेज कुमार मादेन, डम्बर बहादुर लिङ्देन, सुनाहाङ थोप्रा, मोहन कुमार इजम, पुनम लिङखिम र ज्ञानु पङधाक छन् । सल्लाहकार समितिको सदस्यमा सुमन थलङ, पुर्ण हाङ हेल्लोक, कृष्ण बहादुर सेन्दाङ्ग, फक्ताङ्लुङ लिम्बू, करण योङहाङ, सुनिल कोहिवा, सुजन बेघा, निसाम कोहिबा, बुद्दीमान मादेन र दल बहादुर याङदेन छन् ।

सम्बन्धित खवर