नगरको योजना स्वाँ स्थानियले उद्धघाटन गरे बाँसको पुल - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

नगरको योजना स्वाँ स्थानियले उद्धघाटन गरे बाँसको पुल

४० लाखको योजना २६ लाखमा, पुल नबने पछि स्थानियले उद्धघाटन गरे बाँसको पुल

साइनो समाचारदाता पथरी/ पथरीशनिश्चरे नगरले निमार्ण गरेको पक्की पुल सम्पन नगरेको भन्दै मोरङ्ग पथरीशनिश्चरे ५ का स्थानियले पुलको नजिकै बासको पुल निमार्ण गरि उद्धघाटन गरेका छन । नगरले अघिल्लो आथिक बर्षमा सम्पन्न गर्नु पर्ने पुल हाल सम्म पनि सम्मपन हुन सकेको छैन । ४० लाखको योजना रहेको पुल ठेक्का मार्फत २५ लाख ९५ हजारमा जयभवानी निर्माण सेवालाई जिम्मा दिएको थियो । तर नगरका प्राविधिक र जनप्रतिनिधीको वेइमानीका कारण प्रत्यक्ष असर स्थानियवासीले पाउदै आएका छन् ।


जयभवानी निर्माण सेवाले योजना अनुसार काम गरे पनि नगरले ठेक्का प्रकृयामा गएकाले पुल समयमै सम्पन्न हुन सकेको छैन । नगरले ४० लाखको योजना २५ लाख ९५ हजारमा लगाएर १४ लाख ५ हजार जोगाए पनि पुल भने १ वर्ष देखि अलपत्र अवस्थामा छोडेको छ । पुलको दुबै भागमा १० फिट गहिरो भए पछि आवत जावतमा समस्या उल्पन्न भएको छ ।
उक्त विषयमा नगर प्रमुख दिलिपकुमार राई संग बुझ्दा योजना सम्पन्न गर्न ठिलाई भएको स्वकारे पनि उक्त बिषयमा केहि नबोल्ने बताउनु भयो । मेयर नबोल्नु, अघिल्लो आर्थिक बर्षको काम अभै अपुरो हुनु र स्थानियले बासको पुल बनाएर उद्धघाटन गर्दै अनियमितताको आरोप लगाउनुले कतै नगरमा भष्ट्रचार मैलाउदै गएको त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।


पुल त बन्यो तर पुल वार पार गर्न १० फिट अग्लो पर्खाल चड्नु पर्छ । नगरमा पटक पटक धाउदा बजेट नभएको तर केहि दिनमा काम गर्ने आश्वस्न नगरले दिए पनि पुल सम्पन्न नभए पछि नगरलाई चुनैति दिदै स्थानियले बासको पुल निमार्ण गरि उद्धघाटन गरेका हुन । समयमै पुल नबनेका कारण वल्लाखोला वारि पारि गर्न र स्कुल जान आउन ६ किलोमिटर घुम्नु पर्ने बाध्यता रहेको स्कुले बालबालिका बताउछन ।
पथरीशनिश्चरे ५ मैनखाडी—कोठेवारी—किर्तिपुर सडक खण्डको कोठेवारीमा निर्माण भएको पुलको सबै कार्य नगरेको भन्दै स्थानियवासी आक्रोशित बनेका हुन् । मंगलवार उनीहरुले पक्की पुलले सर्वसाधरणलाई सहज नभएको भन्दै बाँसको पुल निर्माण गरेर उदघाटन गरेका हुन् ।


नगरले काम सम्पन्न नगरेपछि विरोध स्वरुप यो कार्य गरिएको स्थानियबासीको भनाइै छ । नगरपालिकामा यो पुल वनाउन स्थानिय उपभोक्ता नै इच्छुक हुदा हुदै नगरले सेटिङ्गमा पुल ठेक्का लगाए र गुणस्तरहिन काम गरेको स्थानीय उमानाथ अधिकारी बताउँछन् ।
उनले भने,‘नगरमा पटक पटक यसबारेमा गुनासो गर्दा पनि समाधान गरेन ।’ उपभोक्ता समिति मार्फत काम गर्ने भने पनि पछि ठेकेदारलाई काम दिइएको अधिकारी बताउँछन् ।
अलपत्र अवस्थामा रहेको पुल स्थानियको पहलमा निमार्ण गर्ने भन्दै पटक पटक नगरमा गए पनि पुलको दायाँ बायाँ माटो भर्ने काम नभए पछि आकोशित स्थानियले कालो ब्यानरमा कर्मचारी र जनप्रतिनिधी सहितको नाम राखि ब्याङग गरेका छन । नगरका प्राबिधिक कुष्ण कोइरालाको कम्जोरिका कारण पुल निर्माण गर्दा नै अनियमीता भएको, कम गुणस्तरीय सामाग्री र मापदण्ड विपरीत पुल बनाइएको स्थानीय शरण राईंले बताए ।

मंगलवार स्थानियवासीले पुल यही अवस्थामा उदघाटन गर्न पथरीशनिश्चरेका प्रमुख, उपप्रमुख कार्यकारी अधिकृत, इन्जिनियर र वडा अध्यक्षलाई निमन्त्रण गरे पनि कोही उपस्थिति भएनन् । माटो पुर्न स्थानियवासीलाई उपभोक्ता समिति बनेर आउन नगरले आग्रह गरेपछि दुई हप्ता अघि उनीहरु नगरसम्म पुगे तर नगरका प्राविधिकले स्टिमेट नबनेको भन्दै पटक पटक उनीहरुलाई फर्काएको अधिकारी वताउछन् । सोहि पुलको दायाँ बायाँको भागमा माटो भर्न नगरलाई गुहार माग्दा स्थानियले गर्दा ७ लाख र नगरले गर्दा २४ लाखको स्टमेट आएको स्थानिय बताउछन । यता नगरपालिकाका इन्जीन्यिर कृष्ण कोईरालाले कामको चाप भएकाले अनुमानित इष्टमेट गरेको तर उक्त स्टमेट आधिकारी नभएको बताए ।

सम्बन्धित खवर