जय भवानी कन्ट्रर्सन द्धारा थुनुवाहरुलाई ब्याल्याङकेट बितरण - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

जय भवानी कन्ट्रर्सन द्धारा थुनुवाहरुलाई ब्याल्याङकेट बितरण

मोरङको पथरीशनिश्चरेमा रहेको जय भवानी कन्ट्रर्सनले थुनुवाहरुलाई ब्याल्याङकेट बितरण गरेको छ । बिकास निमार्ण कार्य संगै समाजिक कार्य गर्दै आएको जय भवानी कन्ट्रर्सनले थुनुवाहरुलाई आधा दर्जन ब्याल्याङकेट बितरण गरेको हो ।


जय भवानि कन्ट्रसनका प्रोपाइटर पर्वत थापाले नगरपालिका र इलाकाको पहलमा थुनुवालाई ब्याल्याङकेट हस्तान्तरण गरेका छन । चिसोका कारण थुनुवाहरुमा समस्या आउन थाले पछि थापाले कुनै पनि समस्या नआओस भनि ब्याल्याङकेट सौजन्य गरेका हुन ।
करिव १ दर्जन थुनुवा रहेको इलाकामा जाडो बढे संगै इलाकामा थुनुवाहरु बस्न गाह्रो हुन थालेको छ । इलाका प्रहरी कार्यलय पथरीशनिश्चरेमा रहेका थुनुवाहरुलाई रात काट्न गाह्रो भए पछि ओढ्न ब्याल्याङकेट बितरण गरिएको हो ।

सम्बन्धित खवर