राज्यले चाडपर्वहरुलाई समान व्यवहार गर्नुपर्छः समाजवादी - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

राज्यले चाडपर्वहरुलाई समान व्यवहार गर्नुपर्छः समाजवादी

साइनो समाचारदाता

पथरी । इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको पावन अवसरमा प्रतिपक्षी दल समाजवादी पार्टीले शुभकामना व्यक्त गरेको छ ।

बुधबार शुभकामना सन्देश जारी गर्दै पार्टीको प्रदेश नम्बर १ समितिले पर्वको अवसरमा सुख शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेको हो । शुकामना दिदै संविधानले सबै धर्म संस्कृतिको आस्था राख्न र त्यसको संरक्षण एवम् संम्बद्र्धन गर्न पाउने हक र अधिकारको प्रत्याभूत गरेको जनाएको छ । नेपाली समाजमा धार्मिक एवम् संस्कृतिक चाडपर्वहरुले सामाजिक एकता सदभाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको अध्यक्ष प्रवीण चाम्लिङद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख गरेका छन् । राज्य पक्षबाट विभिन्न धर्मावलम्बीहरुको चाडपर्वहरुलाई समान व्यवहार नगरेको बताउँदै समाजवादी सबै धर्म संस्कृति र चाडपर्वहरुलाई राज्य पक्षले समान व्यवहार गर्नुपर्ने जनाएको छ ।

सम्बन्धित खवर