साइनो समाचारदाता
धरान । सुनरीको धरान ८ स्थित सभागृहमा सम्पन्न १० औं मिस पूर्वान्चलको विजेता मोरङको पथरी शनिश्चरेकी रिजु भट्टराई बनेकी छन् ।
शनिबार २० जना प्रतियोगीहरुलाई उछिन्दै विजेता बनेकी हुन् । उनले मिस पूर्वान्चल–२०१९ बन्दै क्राउन, २ लाख रुपैया, धरानको युएन कलेजको छात्रवृद्धि, हङकङ घुम्ने अवसर पाएकी छन् । उनले मिस पर्सन्यालिटीको उपाधि समेत पाइन् । यसैगरी प्रतियोगिताका फस्ट रनरअप खोटाङकी एन्जल राई र सेकेन्ड रनरअप धरानकी सिमरन लिम्बु घोषित भइन् । मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस इन्टरएक्चुअल सिमरन लिम्बु, मिस वेष्ट वर्क सुस्मीता बराइली, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस पंचुअल स्वेता पोख्रेल, मिस फोटो जेनिक रेश्मा राई, मिस मल्टि मिडिया एन्जल राई घोषित हुदै जनही १५ हजार पाएका छन् ।
सिल्भर ईन्टरटेन्मेन्टले आयोजना प्रतियोगिता भएको हो ।