फोनिज राष्ट्रिय भेला सुरु - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

फोनिज राष्ट्रिय भेला सुरु

साइनो समाचारदाता

सिन्धुली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो राष्ट्रिय भेला पुस ६ (आज) आइतबारबाट सिन्धुलीको खनियाखर्कमा सुरु भएको छ । भेलाको औपचारिक उद्घाटन प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले गरेका छन् ।

फोनिज सङ्घीय समितिको आयोजनामा ७ गते चल्ने भेलामा सङ्घीय समितिका पदाधिकारी, सदस्य, सङ्घीय समितिका सल्लाहकार, लेखा र अनुशासन समितिका संयोजक र सदस्यहरु, संस्थागत समितिका अध्यक्षहरु, प्रदेश समितिका अध्यक्ष र जिल्ला समितिका अध्यक्ष वा प्रतिनिधि सहभागी भएका छन् । त्यस्तै भेलामा आदिवासी जनजाति सवालमा कृयाशील एसियन इन्डिजिनियस पिपल्स प्याक (एआइपीपी)का प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि, नेपालका आदिवासी जनजातिहरुको मानव अधिकार सम्बन्धी वकिल समूह ९लाहुर्निप०, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति युवा महासंघ, आदिवासी जनजाति अपाङ्ग संघका प्रतिनिधि समेत आमन्तृत छन ।

३ बजेबाट सुरु भएको राष्ट्रिय भेलामा आदिवासी जनजातिको सवाल र सन्चार माध्यमको भूमिका विषयक राष्ट्रिय संवाद २०७६ू, औपचारिक भेला उद्घाटन र छलफल, सङ्घीय समितिको पूर्ण बैठक र संगठन, संस्थागत, अल्पसंख्यक लगायत विभागहरुले कार्ययोजना प्रस्तुत गर्ने र छलफलबाट पारित हुने संघीय सचिब कमन देवानले बताए ।

भेलाले विभिन्न सांगठनिक निर्णय गर्दै फोनिज सिन्धुली घोषणापत्र जारी गर्ने बताइएको छ । फोनिज सिन्धुली जिल्ला शाखाले भेला व्यवस्थापनमा सहयोग गर्नेछ । सिन्धुली शाखाले सहभागीलाई स्वागत र ऐतिहासिक सिन्धुली गढी भ्रमण गराउने जनाएको छ ।

सम्बन्धित खवर