बसन्तपुरमा चो?लुङ चाङमा मेला - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

बसन्तपुरमा चो?लुङ चाङमा मेला

साइनो समाचारदाता

तेह्रथुम । उधौली पर्व चासोक थिःसोकको महान् अवसरमा चो?लुङ चाङमा मेला २०७६ को आयोजना हुने भएको छ ।

चो?लुङ पार्क, बसन्तपुर तेह्रथुममा पुस ५ गतेदेखि ८ गतेसम्म मेला हुनलागेको हो । मेलामा याःयेम्मा(खड्गो काट्ने), केःलाङ्(च्याबु्रुङ नाच), याःलाङ्(धान नाच), प?लुङ् लेम्मा(छेलो हान्ने), ह?चुम लक्मा(फाल हान्ने) खेल हुनको साथै गायक प्रमोद खरेल, गायिका मेलिना राईलगायत कलाकारले साँगीतिक कार्यक्रमको हुने आयोजकले जनाएको छ ।

लागीगुराँस नगर लिम्बु समाज बसन्तपुरले व्यवस्थापनमा हुने मेलालाई लालीगुराँस नगरपालिकाको कार्यालय बसन्तपुरले आर्थिक सहयोग गरेको छ । मेलाको उद्घाटन दिन युमा संग्रहालयको पनि उद्घाटन गरिने नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ्ले जनाएका छन् । संग्रहालय नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व कुलपति तिलिविक्रम नेम्बाङ(बैरागी काइला)ले उद्घाटन गदैछन् । लालीगुराँस नगरपालिकाको कार्यालयले सो संग्राहलयको निर्माण गरेको हो । ‘ऐतिहासिक धार्मिक, साँस्कृतिक तथा पुरातान्तिक सम्पदाहरुको संरणण गरौं’ भन्ने नाराको साथ युमा संग्रहालय उद्घाटन समारोह हुदैछ ।

सम्बन्धित खवर