आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी

साइनो समाचारदाता

पथरी । तराई मधेसमा चिसो बढेसँगै प्रहरीले आगो ताप्ने व्यवस्था मिलाएको छ ।मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार सुक्रबारदेखि प्रहरीको सक्रियता र समन्वयमा बिहानैदेखि मोरङका एक सय ८५ स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दा, संघ संस्था र स्थानीय तहसँग समन्वय गर्दै दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

विराटनगरको बखरीमा आगो ताप्ने प्रबन्ध मिलाउँदै ।

चिसोका कारणबजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको देखिन्छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा, विपन्न र सुकुम्बासी बस्तीका मानिसहरु सबैभन्दा बढी प्रभावित छने । विभिन्न चौक, सार्वजनिक स्थल, गाउँ र बजारहरुमा बिहानैदेखि आगो बालेर ताप्ने व्यवस्था प्रहरीले मिलाएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चिसोबाट प्रभावित भएकाको सुरक्षाका लागि जिल्ला प्रकोप व्यवस्था समितिको बैठकबाट निर्णय गर्दै चिसोबाट हुने क्षति रोक्न पूर्वतयारीमा जुटिसकेको जानकारी दिए । उनकाअनुसार बैठकमा चिसोबाट जोगिन सर्वसाधारणलाई सचेत गराउने, वन कार्यालयलाई आगो ताप्न दाउरा सहुलियतमा उपलब्ध गराउन निर्देशन दिने, जोखिममा रहेकाहरुलाई लक्षित गरेर न्याना कपडा वितरण गर्ने, चिसोबाट बच्न स्वास्थ्य सम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्ने, चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै औषधि र विशेषज्ञ चिकित्सक तयारी अवस्थामा राख्ने, तथा चिसोका कारण बिरामी परेकाको उपचार प्रभावकारी बनाउने निर्णय भएको छ ।

सम्बन्धित खवर