सभामुख र उपसभामुखमा समाजवादी पार्टीले दाबी नगर्ने : डा.भट्टराई - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

सभामुख र उपसभामुखमा समाजवादी पार्टीले दाबी नगर्ने : डा.भट्टराई

साइनो समाचारदाता

काठमाडौ । सत्तारुढ समाजबादी पार्टीले प्रतिनिधिसभाको रिक्त रहेको सभामुख चयन प्रकृयामा कुनै दाबी नगर्ने भएको छ ।

संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन् । सुविधाजनक दुई तिहाईको सरकारले चाहेको निर्णय गर्न सक्ने भन्दै उनले सभामुख र उपसभामुखमा आफ्नो दलको कुनै दाबी नरहेको बताएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठले संसदको अर्को बेठक(पुस ११ गते)ले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गर्ने भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद खाली रहेको छ ।

सम्बन्धित खवर