उपसभामुख तुम्बाहाङ्फेले संसद् अधिवेशनको अध्यक्षता गर्दै - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

उपसभामुख तुम्बाहाङ्फेले संसद् अधिवेशनको अध्यक्षता गर्दै

साइनो समाचारदाता

काठमाडौं । आजदेखि सुरु हुने संसदको हिँउदे अधिवेशनको अध्यक्षता उपसभामुख शिबमाया तुम्बाहाङ्फेले गर्दैछिन् ।

सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन । संविधानको धारा ९१ को उपधारा (४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ । उपसभामुख तुम्बाहाङ्फेले अध्यक्षता गर्ने कि नगर्ने भन्ने अन्योल थियो । तर शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ । नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तासीन नेकपा तयार भएको हो । संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारीका अनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्न पाउने संवैधानिक व्यवस्थाअनुसार अघि बढ्दा कुनै बाधा छैन ।

दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको लागि तुम्बाहाङफेले बैठकको कार्यसूची तय १ बजे संसद भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । तुम्बाहाङफेले सम्भावित कार्यसूची राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, शोक प्रस्ताव र अर्को बैठकको मिति बैठकले तय गर्ने जनाइन् ।

सम्बन्धित खवर