५० शैयाको अस्पतालको माग - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

५० शैयाको अस्पतालको माग

साइनो समाचारदाता

पथरी । नगरमा ५० शैयाको अस्पतालका लागि मन्त्रालयमा माग गरिने भएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

८१ हजार बढी जनसंख्या रहेको नगरमा ५० शैया बराबरको अस्पतालको आवश्यकता रहेकाले स्वास्थ्य तथा वातावरण मन्त्रालयमा माग गरिदैछ । हाललाई १५ शैयाको मात्र अस्पताल स्वीकृत भएकोमा स्थानीयले ५० शैयाको अस्पतालको मापदण्ड अनुसारको जग्गा उपलब्ध गराएको र थप जग्गा समेत उपलब्ध गराउन तयार भएपछि त्यस्तो माग गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । बैठकले, नगरको फोहोर संकलन गर्न फिल्डमा खटिने कर्मचारीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य विमा गरिदिने लगायतका निर्णय गरेको छ ।

सम्बन्धित खवर