लिम्बुवानले ‘लिम्बुवान किरात खम्बुवान’ नामाकरण गराउन शसक्त आन्दोलन गर्ने - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

लिम्बुवानले ‘लिम्बुवान किरात खम्बुवान’ नामाकरण गराउन शसक्त आन्दोलन गर्ने

साइनो समचारदाता

पथरी । संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय लिम्बुवान मंच ,नेपालले प्रदेश न. १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामाकरण गराउन ससक्त आन्दोलन गर्ने भएको छ ।

मंसिर २९ र ३० गते संघीय लोकतान्त्रिक रास्ट्रिय मंच, संघीय लिम्बुवान मंच ,नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक ज्युको अध्यक्षतामा भएको मंचको प्रान्तीय बैठकले शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो । धरानमा बसेको बैठकले अध्यक्ष कुमार लिंङदेन मिराक द्वारा प्रस्तुत राजनैतिक प्रतिबेदन ,मंचका अर्थसचिब बिष्णु कुमार लिम्बु र दिपा लिम्बुको तर्फबाट आर्थिक प्रतिबेदन ,प्रान्तीय अर्थ संयोजक उपादक्ष्य ए.बि .पन्धाकबाट चुनाबी आर्थिक प्रतिबेदन, प्रवास समितिहरु र अन्तरास्ट्रिय प्रवास समन्वय मन्चबाट प्रस्तुत सुझावहरु थप राय सुझाब सहित पारित गरेको छ । प्रदेश न .१ लाई ‘’ लिम्बुवान किरात खम्बुवान ‘’ नामाकरण गराउन जीवन मरणको सडक आन्दोलन अघि बढाउने निर्णय गरेको बताउँदै महासचिब अशोक चेम्जोङ्ले आन्दोलनको लागि पहिचान पक्षधर सबै पार्टी, समुदाय, व्यक्ति, सस्था, नागरिक समाजसंग सहकार्य, गठबन्धन गरिने बताएका छन् । आन्दोलनलाई ससक्त बनाउन आन्दोलन समिति गठन गरिएको छ । महासचिब शान्ता योङयाङको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको छ । समितिको सदस्यमा सचिब तथा एल भी प्रबक्ता राजु राई, चिब गजेन्द्र चोङबाङ क्याक, संघीय दलित शिल्पी मंच अध्यक्ष रमेश गजमेर, सुनसरी जिल्ला अध्यक्ष अमर इजम, मोरङ जिल्ला अध्यक्ष – दिलु लिङदेन, झापा जिल्ला अध्यक्ष धन बहादुर पन्धाकलगायत छन् । बैठक पछि मञ्चले विज्ञप्ती जारी गरेको छ ।

यस्तो छ, विज्ञप्ती

 

सम्बन्धित खवर