कपको उपाधि एभरेष्ट स्कूललाई - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

कपको उपाधि एभरेष्ट स्कूललाई

साइनो समाचारदाता

विराटनगर । प्रदेश राजधानी विराटनगरमा भएको प्याब्सन विराट कप फूटबल टुर्नामेन्टको उपाधि एभरेष्ट बोर्डिङ्ग स्कूल विराटनगरले जितेको छ ।

मंगलबार सम्पन्न भएको फाइनल खेलमा डनबस्को स्कूललाई सडन डेटमा ५–४ गोलले पराजित गरि एभरेष्टले उपाधि जितेको हो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी र टाईब्रकेरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेटबाट छिनोफानो भएको थियो । जितको लागि एभरेष्ट स्कूलको तर्फबाट सलिम चौधरी, रोमन गिरी, यूइ भट्टराई, नविन न्यौपाने र डि खनालले गोल गरेका थिए । एभरेष्ट स्कूलले उपाधिसँगै सुन र चाँदी जडित आकर्षक शिल्ड प्राप्त गरेको छ । यो रनिङ्ग शिल्ड हो । डनबस्को तर्फबाट एपेक्स राजवंशी, अरुण राजवंशी, ढोगराज भूजेल र क्रिस केसीले गोल गरेका थिए । दिपनारायण चौधरी, प्रशेष थापा र पारस राजवंशीले गोल नगर्दा डनबस्को स्कूल उपबिजेतामा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ द फाइनल डनबस्कोका दिपनारायण राजवंशी तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी एभरेष्ट स्कूलका सलिम चौधरी घोषित भए । त्यस्तै प्रतियोगिताको अनुसाशित टिम गोदावरी बोर्डिङ स्कूल घोषित भयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा भएको प्रतियोगितामा ४० वटा टिमको सहभागी रहेको प्याब्सन नगर सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर