जेसीजबाट प्रोडक्सन भएको युथहरुले देशलाई लिड गर्नुपर्छ : जेसी अशोक शंकर - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

जेसीजबाट प्रोडक्सन भएको युथहरुले देशलाई लिड गर्नुपर्छ : जेसी अशोक शंकर

अशोक शंकर
नेपाल जेसीज राष्ट्रिय अध्यक्षका उम्मेदवार

जेसीज कस्तो संस्था हो ?

जेसीज अन्तर्राष्ट्रिय संस्था हो । विश्वभरीका १२० वटा देशहरुमा यसको सञ्जाल छ । नेपालमा १५१ वटा ग्रामीण तथा सहरको विभिन्न सिटीहरुमा जेसीजको शाखाहरु रहेको छ ।

जेसीजमा कहिलेदेखि आबद्ध हुनुभयो ?

सन् २०१० देखि पथरी जेसीजको संस्थापक अध्यक्ष भए ।

राष्ट्रिय अध्यक्षको पदमा उम्मेदवारी किन दिनु भयो ?

जेसीजमा आएर व्यक्तित्व परिवर्तन गर्ने हो । १० वर्षसम्म जसरी जेसीजमा होमिए । होमिदा मेन सिकाउने भनेकै लिडरसिप हो । सिकेर मैले परिवर्तन गरे । जेसीजमा आएर एउटा युवाले आमुल परिवर्तन गर्न सक्छ, सकिदोरैछ भन्ने एउटा एक्जाम्पलको रुपमा आफूलाई उभ्याएको छु । त्यस कारण १ वर्ष कमिङ जेनेरेशनको लागि भनेर आफ्नो लिडरसिपको लागि अगाडि बढाएको छु ।

नेपाल जेसीज राष्ट्रिय अध्यक्षको प्रत्यासीहरु अरु पनि हुनुहुन्छ । अन्य अध्यक्षका प्रत्यासीहरुलाई छोडेर तपार्इँलाई नै किन देशभरीका जेसीजहरुले मत हालेर अध्यक्षमा निर्वाचित गराउने ?

धेरै अध्यक्षको प्रत्यासी हुनुहुन्छ । आम मतदाताहरुले मलाई नै रोज्नुपर्ने कारण के हो भने जेसीजमा आएर एउटा युवाले धेरै कुराहरुको परिवर्तन गर्न जरुरी छ । समाजमा गाइडलाइन्समा हुर्कदै गरेको युवा अन्तर्राष्ट्रिय संस्थामा आइसकेपछि गर्नुपर्ने परिवर्तन राइट तरिकाले गर्न सक्यो भने युवाहरुको लागि नेतृत्व प्रदान गर्न सक्छ र मैले १०÷११ वर्षको इतिहासमा हिजो यही पथरी क्षेत्रमा सामान्य ढंगको व्यवसायी, सामान्य ढंगको युवा आज राष्ट्रिय अन्तर्राष्ट्रिय लेबलमा आफूलाई एप्रोज गर्न सक्यो । इन्डिभिज्वलरुपमा आफूलाई चेन्ज गर्न सक्यो । समाजले खोजेजस्तो आफूलाई सकारात्मक युवाको रुपमा विकसित गर्न सके । यो रोडमोडलको रुपमा आफूलाई प्रेजेन्ट गरेको हुनाले आम मतदाता जेसीज मनहरुले अरु साथीहरु भन्दा अशोक शंकर नै अब्बल हो भन्ने कुरामा विश्वास भएर मतदान गर्नुहुन्छ भन्ने मैले ठानेको छु ।

अध्यक्षको प्रत्यासी भएपछि जेसीजहरुमा प्रचारात्मक गतिविधि गरिरहनुभएको छ । के कस्तो सुझाबहरु पाइरहनुभएको छ ?

विशेष गरी जेसीज भरी १५१ वटा ठाउँमा चुनाबी अभियानमा गए । एउटा युवाको चासो भनेको राष्ट्रप्रति चिन्ता छ । तर पनि जेसीजको मेन दायित्व भनेकै युवाहरुलाई कसरी हुन्छ युवाहरुलाई स्टाबलिष्ट गर्न अभियान चलाउने हो । त्यो स्टाबलिष्ट युवा, सकारात्मक युवा आफूलाई नै परिवर्तन गरिसकेको युवाको जमातबाट नै समाजको परिवर्तन हुन्छ भन्ने मेन मान्यता हो । तर के हो भने सबै युवाहरुको निरासा चाहि देश आज जुन अवस्थामा छ, मेन कारण भनेकै पोल्टिकल लिडर डिसिप्लिन भएन । जेसीजबाट प्रोडक्सन भएको युथहरुले अब लिड गर्नुपर्छ । समग्र युवाहरुनै राज्यको पोल्टिकल तहमा लिड गर्नुपर्छ भन्ने प्राय प्राय सुझाब सल्लाह पाएको छु । जेसीजमा एक वर्ष कार्यकाल हो । हामीले १ वर्ष कन्ट्रिब्यूसन गर्ने हो । एक वर्ष कन्ट्रिब्यूसन गरेपछि राष्ट्रको लागि जिम्मेवारी नागरिकको हैसियनमा भएर समाजमा खडा हुनुपर्छ भन्ने मैले सुझाब पाएको छु ।

गफगाफ :फिपराज बेघा / तस्वीरः इश्वर दुलाल

सम्बन्धित खवर