नेपाल विद्यार्थी संघ गठन - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

नेपाल विद्यार्थी संघ गठन

साइनो समाचारदाता

धरान । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस धरानमा संगठन विस्तार गरेको छ ।

इकाइ समितिले विभिन्न संकायहरुमा कक्षा समिति गठन तथा विस्तार कार्यलाई तीब्रता दिएको हो । आइतबार संघका जिल्ला सचिव टकेन्द्र राईको उपस्थितिमा बिबिएस् प्रथम वर्ष र बि.एड. प्रथम बर्षमा कक्षा समिति गठन तथा विस्तार गरेको हो । बिबिएसमा समीर राईको अध्यक्षतामा २९ सदस्यीय कक्षा समिति गठन गरिएको छ । सोही कक्षाका ७५ जना विद्यार्थीहरुले नेविसंघका सदस्यता समेत लिए । बि.एड.मा सञ्जोक राईको अध्यक्षतामा २१ सदस्यीय मुल कक्षा कमिटी गठन गरिएको छ । ९४ सदस्य सदस्यता बितरण गरिएको नेविसंघ इकाइले जनाएको छ ।

सम्बन्धित खवर