भुमाफियाको आरोपमा ४ जना नियन्त्रणमा, पत्रकार काफ्ले माथि हातपात - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

भुमाफियाको आरोपमा ४ जना नियन्त्रणमा, पत्रकार काफ्ले माथि हातपात

बन्दी गृहमा जम्मा भएका स्थानीय ।                                                                              तस्वीर फिपराज बेघा

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे ३ सैनिक चोकका स्थानीयहरुले भूमाफियाको आरोप लगाउँदै शनिबार विहान ७ वजे ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग आएका १ जना भागेका थिए ।

नियन्त्रणपछि स्थानीयहरुको बन्दी गृहमा बन्दी बनाएका थिए । बारा बडीगल्लीका राजेश जैसवाल, बिबेक जैसवाल, दिपक काफ्ले र माधव लामिझाने नियन्त्रण परेका हुन् । स्थानीय सुकुम्बासीहरुले भारतीय नम्बर प्लेटको गाडीसहित जग्गा हेर्न आउनेलाई नियन्त्रण लिए पछि उनीहरुले कुटपिट समेत गरेका थिए । कुटपिटबाट उनीहरु घाइते समेत भएका थिए । त्यति मात्र होइन दिउसो प्रहरी र स्थानीयबीच दोहोरो झडप समेत समेत भएको थियो । ४ जना बन्दीलाई इलाका प्रहरी कार्यालयमा लाने क्रममा बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले सुकुम्बासीलाई तितरबितर पार्ने धेरै प्रयास गरेको थियो । सुकुम्बासीले सडक खाली नगरे पछि प्रहरीले लाठी चार्ज गर्याे । टोलीको कमाण्ड पथरी इलाका प्रहरी कार्यालय डिएसपि दिलिप कुमार गिरीको नेतृत्वले गरेको थियो ।

स्थानीयहरुले पटक पटक सुकुम्बासीको क्षेत्रमा नक्कली पुर्जा लिएर किनबेच गर्न आउने भुमाफिया भन्दै थुन्ने गरेका छन । नियन्त्रणमा परेका दिपक काफ्लेले साथीको जग्गा हेर्न आएको तर आफु किनबेच गर्न नआएको बताए । सुकुम्बासी बस्दै आएको क्षेत्रमा नक्कली लालपूर्जाको आधारमा जग्गा किनबेच हुँदै आएको भन्दै स्थानीय आक्रोशित छन ।

पत्रकार काफ्लेमाथि हातपात

घट्नाको सूचनामा पाएपछि रिपोटिङको क्रममा पुगेका स्थानीय पत्रकार गोपाल काफ्लेलाई प्रहरीले हातपात गरेको छ ।
बन्दी गहृमा रहेका ४ जनालाई सुरक्षामा खेटेका प्रहरीले मोवाईल क्यामेरा खोसी अपशब्द बोल्दै हापात गरी धम्की पुर्ण भाषा प्रयोग गरेको पीडित काफ्ले बताए ।

सम्बन्धित खवर