सिरिजंगा कपको उपाधि पुरुर्ष तर्फ रानी र महिलातर्फ दीपज्योतिलाई - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

सिरिजंगा कपको उपाधि पुरुर्ष तर्फ रानी र महिलातर्फ दीपज्योतिलाई

साइनो समाचादाता

पथरी । सिरिजङ्गा स्मृति रनिङ कप भलिबल खुल्ला प्रतियोगिता अन्तरगतको पुरुष तर्फ र महिलातर्फको पुरस्कार विरतण गरिएको छ ।

पुरुष तर्फको विजेता रानी पुलिस बिराटनगर र उपविजेता काङ्भा समाजले रक्षा गरेका थियो । विजेता रानीले नगद ५५ हजार र उपविजेता समाजले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । पुरुषतर्फको प्रतियोगितामा सिरिजंगा, एभरेष्ट, कालीकोशी, रानी, क्यापा, काङ्भा, कुशल युबा, बहुमुखी र आर्मी गरी ९ टिमले सभागिता जनाएको थियो ।

महिला तर्फको विजेता दीपज्योति र उपविजेता एभरेष्ट बन्न सफल भएको थियो । दीपज्योतिले ३५ हजार र २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । महिला भलिबलमा विजेता, उपविजेताको अलबा रेडस्टार, भोजपुर, सिरिजंगा र बहुमुखी टिमले सहभागिता जनाएको थियो ।

मंसिर २६ गते आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विजेता र उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । किरात याक्थुङ चुम्लुङ र सिरिजंगा बनको आयोजनामा चासोक चङ्नाम फुङ्सोक उत्सब उधौली पुजाको अवसरमा प्रतियोगिता भएको थियो ।

सम्बन्धित खवर