साइनो समाचारदाता
जाँते (लेटाङ) । लेटाङ नगरपालिकाको ९ नम्बर वडा जाँतेमा निर्माण गरिएको मञ्चको समुदघाटन गरिएको छ ।शनिबार मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मञ्चको समुदघाटन गरेका हुन् ।
स्वर्गीय बमबहादुर निङ्लेकूको स्मृतिमा धर्मपत्नी धनमाया निङ्लेकू र छोराहरुले ३ लाख ५० हजारको लागतमा स्टेज निर्माण गरेका हुन् । स्टेज किरात याक्थुङ् चुम्लुङको मातहतमा रहेको धार्मिक बनमा निर्माण गरिएको हो । सो अवसरमा स्टेज निर्माणकर्ता धनमायालाई सम्मान समेत गरिएको थियो । वडा समितिले आयोजना गरेको सो कार्यक्रममा उधौली पुजा समेत गरिएको थियो ।
धनप्रसाद थाङ्देनको अध्यक्षता भएको कार्यक्रम चुम्लुङ राष्ट्रिय सदस्य राजभक्त चेम्जोङले सञ्चालन गरेका थिए ।