सिरिजङ्गा स्मृति रनिङ कपः उपाधि रानी पुलिस क्लबलाई - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

सिरिजङ्गा स्मृति रनिङ कपः उपाधि रानी पुलिस क्लबलाई

साइनो समाचारदाता

पथरी । सिरिजङ्गा स्मृति रनिङ कप भलिबल खुल्ला प्रतियोगिता(पुरुष)को उपाधि रानी पुलिस बिराटनगरले रक्षा गरेको छ ।

बुधबार भएको फाइनल खेलमा स्पर्धी काङ्भा समाजलाई २५–१३, २८–२६, २५–२२ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पार्यो । विजेता रानीले नगद ५५ हजार र उपविजेता समाजले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । आज (मंसिर २६ गते) आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा सिरिजंगा, एभरेष्ट, कालीकोशी, रानी, क्यापा, काङ्भा, कुशल युबा, बहुमुखी र आर्मी गरी ९ टिमले सभागिता जनाएको थियो । मंसिर ३ गते प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ र सिरिजंगा बनको आयोजनामा चासोक चङ्नाम फुङ्सोक उत्सब उधौली पुजाको अवसरमा प्रतियोगिता भएको थियो ।

सम्बन्धित खवर