पथरीमा चासोक तङ्नाम प्रदेश नम्बर १ कै भव्य मनाउनेछौं । - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

पथरीमा चासोक तङ्नाम प्रदेश नम्बर १ कै भव्य मनाउनेछौं ।

प्रेम लिम्बु विक्रम

(सचिब, किरात याक्थुङ चुम्लुङ शाखा समिति पथरी शनिश्चरे, मोरङ)

चासोक तङ्नाम कस्तो पर्व हो ?

परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवन गुजारा गर्ने हामी याक्थुङ्बा लिम्बु समुदायहरुको आफूले लगाएको अन्नबालीहरु पाकेपछि भित्राउन अघि जीवन र जगतको सृष्टि र तीनको संरक्षण गर्ने तागेरा निङ्वाफुमा माङको स्मरण स्तुति र पितृहरुको पूजा आजा गरि पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चलन छ । नयाँ अन्न नचढाई खाएमा गाडँ निस्कने, आँखा, कान दुख्ने, बौलाउने जस्ता अनेकौं रोगहरु लाग्ने सक्ने मिथकहरु उल्लेख भएको पाइन्छ । यस्तो छ चासोक तङ्नाम (उद्योलि पर्व) आख्यान । यसैले यो याक्थुङ्बाहरुको महान चाड हो ।

चासोक तङ्नाम पथरीमा कसरी मनाउँदै हुनुहुन्छ ?

पथरीमा चासोक भव्य रुपमा मनाउँदै आएका छौं । विगत वर्षहरुमा झै सिरिजंगा स्मृति धार्मिक बन समुहमा मनाउँदै आएका छौं । मंसिर २३ गतेदेखि सिरिजंगा स्मृति पुरुष, महिला खुल्ला भलिबल रनिङ कप सुरु भयो । सो कप नगर प्रमुख दिलिप कुमार राई ज्युबाट उदघाटन भएको थियो । मंसिर २४ र २५ गते लोप हुन लागेका एतिहासिक विभिन्न किसिमका खेलहरु सञ्चालन भयो । मंसिर २६ गते बिहान ६ः३० देखि ९ः०० सम्म हाङवा माङवाको लागि भेटि अक्षेता संकलन, पुजा र प्रसाद ग्रहण ११ः०० बजे सम्पन्न गर्ने तय गरेको छ । ११ः३० वजेदेखि प्रदेश नं. १ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लिम्बू ज्युको प्रमुख आतिथ्यमा उधौली पर्वको कार्यक्रमको उदघाटन कार्यक्रम हुदैछ । सबै खेलहरुको पुरस्कार तथा कार्यक्रमलाई सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान पत्र वितरण गरिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय कलाकार गायक तारा प्रकाश लिम्बूको साथमा स्थानीय कलाकारहरुको नृत्य र गीतको बेजोड प्रस्तुति र केलाङ, माङलाङ, हाक्पारे, ख्याली, पालाम आदिको पनि प्रस्तुति रहनेछ ।

 

अन्त्यमा के भन्नुहुन्छ ?

पथरीमा चासोक तङ्नाम प्रदेश नम्बर १ कै भव्य मनाउनेछौं । कार्यक्रममा उपस्थिति भइदिनहुन र सहयोग गरिदिनहुन अनुरोध गर्दछौं । चासोक तङ्नाम उधौली पर्व २०७६ येले तङ्बे ५०७९ को पावन अवसरमा देश तथा बिदेश्मा बस्नुहुने सम्पुर्णमा सुख, शान्ति,समृद्धि, सुस्वास्थ, दिर्घायु एबम उत्तरोतर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु आयोजकको तर्फबाट र मेरो तर्फबाट । नोगेन सेवारो !

सम्बन्धित खवर