गजल - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

गजल

जोडी मिले यत्ति न हो , अरुलाई जलन बन्छ

मन मिल्नु पर्छ र पो घर बन्छ , जीवन बन्छ

जाबो हड्डीकै लागि कुकुरले मलाई यसरी टोक्यो
जसरी अंशको लागि आफ्नै छोरो दुश्मन बन्छ

तिमी शंका मात्र गर्छ यस्ले विश्वास गर्दैन भन्छौ
श्रीमती मुना बन्नु पर्छ अनि श्रीमान् मदन बन्छ

तिमीले केको आसले धनीकै छेउमा घर बनायौ
हेर्दै जाऊ अब तिम्रो घर छिमेकीको आँगन बन्छ

पथरीशनिश्चरे – ६, मोरङ

सम्बन्धित खवर