लोक सेवाले माग्यो १ हजार ९६ जना शाखा अधिकृत(दर्खास्त दिदा ध्यान दिनुपर्ने कुराहरु सहित सेयर गरौं) - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

लोक सेवाले माग्यो १ हजार ९६ जना शाखा अधिकृत(दर्खास्त दिदा ध्यान दिनुपर्ने कुराहरु सहित सेयर गरौं)

साइनो समाचारदाता

काठमाडौं । लोक सेवा आयोगले १ हजार ९६ शाखा अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ । बुधबार प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतिय श्रेणी (शाखा अधिकृत) अप्राविधिक पदहरुमा आवेदन आह्वान गरेको हो ।

अप्राविधिक मध्ये ७ सय ६८ खुलातर्फ तथा ३ सय २८ बढुवातर्फ छन् । विज्ञापनमा सामान्य प्रशासनतर्फ ५ सय ६०, लेखातर्फ ३०, राजस्वमा ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवामा ३ सय ६३, व्यवस्थापिका संसदमा २८ पदमा विज्ञापन गरिएको छ । कानुनतर्फ मागिएका ४९ जना शाखा अधिकृतमध्ये १५ बढुवाका छुट्याई ३४ जना खुला प्रतिश्पर्धाद्वार पदपूर्ति गरिनेछ । २४ जना सरकारी वकिल मागिएकामा ८ पद बढुवाका लागि छुट्याई १४ पद भने खुला प्रतिश्पर्धाद्वार पदपूर्ति हुनेछ । व्यवस्थापिका संसद्तर्फ २८ जना शाखा अधिकृत माग भएकामा ६ बढुवा र २२ पद खुला प्रतिश्पर्धाका लागि छुट्याइएको छ ।

सामान्य प्रशासनतर्फ माग गरिएको ५ सय ६० मध्ये १ सय ६८ बढुवाबाट र बाँकी २ सय १६ खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिनेछ । त्यस्तै राजस्वतर्फ ६९ माग भएकोमा २० पद बढुवाका लागि र खुला प्रतिस्पर्धाका लागि ३९ पदहरु छुट्याइएको छ । लेखातर्फ ३० पदमा आवेदन मागिएकामा ९ बढुवाका लागि २१ जना खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने कुरा सूचनामा उल्लेख छ । त्यस्तै लेखा परीक्षणतर्फ ४२ पदमा आवेदन मागिएको छ जसमा १३ बढुवाका लागि तथा २९ पदहरुमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । त्यस्तै परराष्ट्रमा ४ माग भएकोमा १ बढुवा र ३ खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने एवं न्यायतर्फ २ सय ९० माग भएकोमा ८५ बढुवाका लागि तथा २ सय ५ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुनेछ ।

सम्बन्धित खवर