महिला हिंसा अन्त्यको लागि सरकारले कुनै कसुर बाँकी राख्ने छैनः मन्त्री कार्की - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

महिला हिंसा अन्त्यको लागि सरकारले कुनै कसुर बाँकी राख्ने छैनः मन्त्री कार्की

साइनो समाचारदाता

पथरी । प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यको लागि प्रदेश सरकारले कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् । तीनै तहको सरकार मानब अधिकारको पक्ष रहेको बताएका छन् । समाज विकसित भएर अगाडि बढ्ने क्रममा रहेको बताउदै अपराधमा नयाँ आयामहरु थपिएको बताए । ‘अपराधमा नयाँ आयामहरु थपिएको छ । लैङ्गिक हिंसा र महिला हिंसा निक्कै मात्रामा देखा परेको छ । नजिकैको मान्छेहरुबाट हिंसा बढेको छ ।’ उनले भने, ‘यो चिन्ताको विषय हो । सबै जिम्मेवारी भएर सचेतनाको साथ अगाडि बढ्नु पर्दछ ।’ मन्त्रीले महिला हिंसा अन्त्यको लागि १६ दिने अभियानले नपुग्ने बताउँदै ३६५ दिनै अभियान चलाउन पर्ने बताएका छन् ।

मंगलबार मोरङको पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत समापन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । स्थानीय प्रशंगमा जोड दिदै उनले अन्तर्राष्ट्रियलाई समेत आकर्षित गर्नको पथरीमा बहुजातीय संग्राहलय निर्माण गर्ने, डीएसपी कार्यालयका निर्माणको लागि प्रतिबद्ध रहेको आश्वसन दिए । डीएसपी कार्यालयको लागि प्रहरीको दरबन्दी बढाउने, कार्यालय भवन बनाउन बजेट विनियोजन गर्ने उनको भनाई थियो ।
लिङ्गका आधारमा हुने हिंसालाई हटाउने सन्देश प्रवाह गर्न विद्यालयस्तरीय कविता प्रतियोगिता, सन्देशमुलक कचहरी नाटक, विद्यालयका विद्यार्थीबीच म्यूजिकल चियर्स र हण्डिफोर प्रतियोगिता तथा नृत्यका प्रस्तुतिहरु सहित अभियान सम्पन्न भएको हो । वडा नम्वर १, २, ३, ७ र १० का विद्यालय, संघ संस्थाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर