डाँगीहाटद्वारा इटहरी पराजित - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

डाँगीहाटद्वारा इटहरी पराजित

साइनो समाचारदाता

केराबारी । डाँगीहाट फुटबल क्लब मोरङको केराबारी ९ मा जारी प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सोमबार भएको चौथो दिनको खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २ –१ गोल अन्तरले पराजित गर्दै डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । डागीहाटको जर्सी नम्बर १० का खेलाडी शेखर चेम्जोङले दुई गोल गरे । तालतलैया फुटबल क्लब इटहरीको तर्फबाट भने जर्सी नम्बर १६ ओ किरण राईले १ गोल गरेको हो । सोमबारको भएको खेलमाडागीहाट युथ क्लबको तर्फबाट म्याच अफ दि म्याच शेखर चेम्जोङ नै घोषित भए ।

कप विजेतालाई ५१ हजार, ट्रफी र प्रमाण पत्र र उपविजेतालाई ३१ हजार, ट्रफी र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ । खेल कुसुमे साईनिङ क्लबले आयोजना गरेको कप मंसिर २६ गतेसम्म जारी रहनेछ ।

सम्बन्धित खवर