सशस्त्र प्रहरी फाइनलमा, आज पथरी र बेलबारीबीचको खेल हुदै - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

सशस्त्र प्रहरी फाइनलमा, आज पथरी र बेलबारीबीचको खेल हुदै

साइनो समाचारदाता

केराबारी । मोरङको केराबारी ९ मा जारी दोश्रो कुसुमे उद्यौली कप २०७६ मा आइतबार बेलबारी फुटबल क्लब र पथरी फुटबल क्लबबीच हुने भएको छ । विजेताले सशस्त्र प्रहरी बल पूर्वाञ्चलसँगको भेट पक्का गर्नेछ । सो दोस्रो सेमिफाइनल खेल मंसिर २५ गते हुदैछ ।

शनिबार भएको खेलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । लेटाङ फुटबल क्लबलाई २–३ गोलको अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । सशस्त्रको तर्फबाट योगेश बुर्जाले १ गोल र आकाश राईले २ गोल लगाएका थिए भने लेटाङ फुटबल क्लबको तर्फबाट मनि राईले एक्लै दुई गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सशस्त्रको आकाश राई घोषित हुँर्दै १५ सय नगद पुरस्कार प्राप्त गरेका थिए । कप विजेतालाई ५१ हजार, ट्रफी र प्रमाण पत्र र उपविजेतालाई ३१ हजार, ट्रफी र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ । खेल कुसुमे साईनिङ क्लबले आयोजना गरेको कप मंसिर २६ गतेसम्म जारी रहनेछ ।

सम्बन्धित खवर