– ओमप्रकाश शर्मा “अभिन्न”
दुई दिनमै ओइलाउने, जवानीको के भर ?
सुख खोज्दै डेरा सर्ने, बेइमानीको के भर ?
आँखाले देखे सम्म त, साँचो हुन्न धेरै कुरा,
कान फुकेर फैलिएको, कहानीको के भर ?
भन्ने गर्छन् बुढा पाका, बलेको पो आगो ताप्नु,
बतास संगै उडी जाने, खरानीको के भर ?
बाठो सन्तान जन्माएरै, बृद्धाश्रम पुगेको हुँ,
ज्ञानी छोरै त बैरी भयो, अज्ञानीको के भर ?
आफ्नै देशको माटोले नै, शरणार्थी भनेपछि
पराई मुलुकमा पुरिएको, सुनखानीको के भर ?