साइनो समाचारदाता
मिक्लाजुङ (मोरङ) । मोरङको मिक्लाजुङ–२ मा हर्दिया खोला निर्माण गरिएको झोलुङ्गे पुल प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले उद्घाटन गरेका छन् । साम्बा मोरङ १ (१)बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।




प्रदेश सरकार पूर्वाधार विकास कार्यालय विराटनगरबाट विनियोजित ३७ लाख ५० हजार ६०२ रुपैयाँ बजेटले ७८ मिटर लम्बाईको हर्दिया पुल निर्माण भएको हो । गत चैत १८ गते सुरु भएको पुल उद्घाटन गर्नुअघि सम्पन्न भएको हो । पुल निर्माण गर्नको लागि दिलकुमार लावतीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो । निर्माण उपभोक्ता समितिको आयोजनामा प्रदेश सभा सदस्य प्रमुख आतिथ्यमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देविप्रसाद आचार्य, उपाध्यक्ष सरला राई लगायतको उपस्थितिमा पुलको उद्घाटन भएको हो । झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीहरु हर्षित भएका छन् ।