पहिलोपटक धरमपुरमा चासोक तङनाम मनाउदैं - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

पहिलोपटक धरमपुरमा चासोक तङनाम मनाउदैं

साइनो समाचारदाता

झापा । नेपालीको मौलिक पर्व ‘चासोक तङ्नाम’ पहिलोपटक झापाको शिबसताक्षी–१ धरमपुर चौकमा मनाउने भएको छ । आगामी मंसिर २५ र २६ गते (दुई दिन) धरमपुरस्थित रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा तङ्नाम मनाउने भएको हो । कार्यक्रममा कलाकार मौसम ईम्बुङ (फुलुन्देको बाउ), गायक सुजन तिगेला, गायिका तिर्सना नेम्बाङ, गायिका कौशिला लिम्बू, गायक बचन केदेम, गायिका उमा सम्बाहम्फे र गायिका नेहा संयोक्पा तुम्साले गीत संगीत, नृत्य र प्रहसन मार्फत् मनोरञ्जन गराउने छन् । सो कार्यक्रममा मावन शास्त्री, मुन्धुम खोज अनुसन्धान सोधकर्ता डीबी आङबुङ लिम्बूले बिशेष सम्बोधन गर्ने भएका मुल समारोह समितिका सदस्य समिर योङहाङले जानकारी दिए ।

पहिलो दिन २५ गते बुधबार फक्ताङलुङ केलाङ सयङबाट सम्मान कार्यक्रम हुने छ । त्यस्तैं, किराती मौलिक खेलहरु अन्तरगत छेलो (पःलुङ) धनी काँड (लि–तोङ) प्रतियोगिता सहित केलाङ प्रदर्शनी हुने छ भने सोही दिन युवाहरुको बृहत भेला हुने मूल समारोह समितिका सदस्य बिबेक सुनुवारले बताएका छन् । कार्यक्रमको अवसरमा २६ गते बिहिबार चासोक सेवा पुजा, चासोक प्रसाद वितरण, प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन, माङ्लाङ, केःलाङ, येवा लाङ पालम्, ख्याली हाक्पारे, साम्लो तथा जातीय साँस्कृतिक झाँकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र सम्मान तथा पुरस्कार वितरण हुने दुर्गा लिम्बूले बताए ।

चासोक तङनाम कार्यक्रम मूल आयोजक समारोह समिति शिबसताक्षी नगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी गराएको हो । कार्यक्रमलाई भव्य मनाउनको लागि किरात याक्थुम चुम्लुङ शिबसताक्षी नगर समितिका कोषाध्यक्ष जयकुमारी चेम्जोङको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति मंसिर ५ गते बिहिबार धरमपुरका स्थानीय लिम्बू जातिका अगुवाहरुको भेलाले सामाजिक तथा राजनीति अगुवा जयकुमारी चेम्जोङको संयोजकत्वमा १ सय ५१ सदस्सीय चासोक तङनाम कार्यक्रम मूल आयोजक समारोह समिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक देबीप्रसाद (प्रताप) निङलेकुले बताए । प्रचार(प्रसार समितिका संयोजक निङलेकुका अनुसार सोही भेलाले २६ जना रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यक्रम संयोजक चेम्जोङले कार्यक्रमलाई भप्य र सभ्य ढंङ्गमा सम्पन्न गर्न विभिन्न विषयगत ११ वटा उपसमितिहरु गठन गरिएको र सो समितिले आ–आफ्नो जिम्मेवारीहरु सञ्चालन गरिरहेको बताइन् । आर्थिक समिति, प्रचार प्रसार समिति, साँस्कृतिक नृत्य टोली समिति, अतिथि ओसार प्रसारका लागि यातायात समिति, खानपान व्यवस्थापन समिति, खेलकुद तथा मनोरञ्जन समिति, सेवा सावा (पुजा) समिति, अतिथि सत््कार समिति, साउण्ड सेट व्वस्थापन समिति, स्टेज निर्माण र सजिसजावट समिति र स्वयमसेवक समिति गठन गरी जिम्मेवार प्रदान गरिएको हो । उनले बिगत लामो समयदेखी चासोक तङनाम आ–आफ्नो घर घरमा मनाइन्दै आइरहेको भएपनि पछिल्लो केही समय सामुहिक रुपमा ठूलो उत्सवले मनाइन्दै आइरहेको जनाइन् ।

प्रचारप्रसार समितिका संयोजक देबीप्रसाद (प्रताप) निङलेकुले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न शिबसताक्षी–१, २ र ३ (साविक धरमपुर) सहित वडा नं ४ र ५ (साविक पाँचगाछी) सहित वडा नं ६, ७, ८ र ११ का लिम्बू जातिका घर दैलोमा प्रचार प्रसारका सामाग्रीहरु र भेटघाट गरिएको जनाए । आर्थिक समितिका संयोजक चेतन चेम्जोङका अनुसार चासोक तङनाम कार्यक्रम सम्पन्न गर्न अनुमानित रु ५ लाख खर्च हुने छ । उनले सो रुपैया सङ्कलनका लागि सहयोग रसिदमार्फत् वडा नं १, २ र ३ मा छरिएर रहेका लिम्बू समुदायको घर दैलोमा भेटघाट भइरहेको र केही अन्य सहयोगी दाताहरुबाट सहयोग रुपैया सङ्कलन गरिरहेको बताए । आर्थिक संयोजक चेम्जोङका अनुसार कार्यक्रम नजिकै आइरहेको र सहयोग सङकलनलाई तीब्र पारिएको छ । समितिमा हाल, २ लाख ५० हजार रुपैया जम्मा भइसकेको र अझै थप सहयोग सङ्कलन हुने कार्य जारी रहेको बताए ।

मूल समारोह समितिका सदस्य नेत्र नेम्बाङका अनुसार चासोक तङनामलाई लिम्बू जातिले मात्र नभएर अन्य जाति वा धर्मालम्बीहरुले समेत साँस्कृतिक चाडँ वा उत्सवका रुपमा लिएर कार्यक्रममा सहभागी भइदिन आग्रह गरे । उनले हाम्रो आफ्नो मौलिक तथा साँस्कृतिक भेष, भुषा, गरगहना, खानपान, नृत्य तथा पालाम गीतहरु सहित मनोरञ्जनात्मक खेल तथा तामासाहरु समेत राखिएको बताए ।

सम्बन्धित खवर