शंकरलाई नेपाल जेसिज राष्ट्रिय अध्यक्ष बनाउन नगरबासी एकजुट - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

शंकरलाई नेपाल जेसिज राष्ट्रिय अध्यक्ष बनाउन नगरबासी एकजुट

साइनो समाचारदाता

पथरी । पथरी जेसिसका संस्थापक अध्यक्ष अशोक शंकरलाई नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष जिताउन गृह नगर मोरङमा १०१ सदस्यीय समिति गठन गरिएको छ । सामाजिक अभियान्ता शंकर लामो समयदेखि जेसिस अभियानमा जीवन बिताई सकेकाले युवा पुस्ताहरुमा भएको जोश जागर, सीप, ज्ञान र उद्योगद्धारा नेपालको सेवा गर्दै अन्तर्राष्ट्रिय स्थतमा पर्यटन पहिचान गराउने उद्देश्यका साथ नेपाल जेसिस २०२० को उमेद्धारी दिएका छन ।

शंकरले भिजिट नेपाल २०२० का लागि एक हजार पेन्ड्राइभमा नेपालका बिभिन्न घुम्न लायकको गन्तब्यको जानकारी गराएर अन्तर्राष्ट्रिय जेसिसको नेटवर्क भित्र प्रचार प्रसारको भिजन अगाडि सारेका छन । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको लागि लाग्दै आएको अन्तर्राष्ट्रिय संस्था जेसिजको बर्ष २०२० को लागि आगामी पुस ९ देखि १२ गतेसम्म चितवनको रत्ननगरमा अधिवेशन हुदैछ । निर्वाचनमा नेपालमा रहेका १५० शाखाहरुका एक हजार सात सय मतदाता रहेका छन । शंकरले २५ दिनमा मेचीदेखि महाकालीसम्म १४० शाखा भ्रमण गरिसकेका छन । अशोक शंकरसंगै चितवन अरुनेस्वर खनाल र काभ्रेका बिकाश मानन्धर चुनावी प्रतिष्प्रर्धामा रहेका छन । राष्ट्रिय अध्यक्षको लागि उम्मेद्बारी घोषणा गरेको मोरङ पथरीका उर्जाशील युवा जेसि अशोक शंकरलाई जिताउन स्थानीय सरकार, उद्योग बाणिज्य संघ, संन्चारकर्मी, राजनीति दल र सामाजिक संस्थानाका नेता कार्यकर्ताहरु एकतावद्ध भएर लाग्ने भएका छ्न ।

पथरी जेसिसको आयोजनामा भएको बृहत अन्तरकृयाले शंकरको उम्मेद्बारी बारे छलफल गर्नुका साथै नगर प्रमुख दिलिपकुमार राई प्रमुख सल्लाहकार रहने गरि सल्लाहकार समिति गठन भएको छ । त्यस्तै शंकरका लागि अर्जुन बुढाथोकी संयोजकमा शंकर जिताउ समिति र नरेश घतानी संयोजकत्वमा आर्थिक समिति गठन भएको छ ।

जेसिज विश्वको १२० देशमा गठन भएर युवाहरूलाई व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्दै आएको संस्था हो । सुन चाँदी व्यबसायी अशोक शंकर त्यसैको एक उद्धाहरण हुन । उनी पथरी जेसीजको संस्थापक अध्यक्ष हुँदै राष्ट्रिय उपाध्यक्ष भइसकेका छन । मोरङ पथरी शनिश्चरेका शंकरले अन्तरक्रियामा आफूले सक्ने गर्दै आएकाले भौतिक र नैतिक रुपमा आ–आफ्नो तर्फबाट सहयोग गर्न अव्हान गरेका छन ।

सम्बन्धित खवर