काङग्रेस सधै मजदुरको पक्षमा : केशव दुलाल - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

काङग्रेस सधै मजदुरको पक्षमा : केशव दुलाल

साइनो समचारदाता पथरी/ आम यात्रुलाई सरल सेवा सहितको पथरीशनिश्चरे अटो इ रिक्सा सगठन संचालन गर्नुस तपाईहरुको पक्षमा राज्यका संम्बन्धी निकायहरुले मजदुरलार्ई सहयोग गर्न बाध्य रहने नेपाली काङग्रेसका माहाधिबेसन प्रतिनिधी केशव दुलालले बताए ।


पथरीशनिश्चरेमा रहेको इ रिक्सा र कर्मचारीको संगठनले लेवि र रिनो भन्दै मनपरी रकम असुलेकाले चालकहरु आजित भएको चालकको गुनासो छ । पथरीशनिश्चरे इ रिक्सा प्रा. लि. को उद्धघाटन गर्दै दुलालले यदि राज्य लागेन भने नेपाली काङग्रेस सधै मजदुरको पक्षमा रहने बताएका छन ।
पथरी शनिश्चरे नगरपालिका भित्र संचालनमा पथरीशनिश्चरे इ रिक्सा प्रा. लि. का १५० जाना अटो इ रिक्सा संचालकहरु एक जुट भै संगठीत भएका छन । कार्यक्रममा नेपाल यातायात मजदुर संध मोरङका जिल्ला अध्यक्ष बाबुराम कट्टेलले सेवामुखी भएर सेवा प्रदान गर्न यातायात मजदुर चालकलाई अनुरोध थर्नु भयो ।


नेपाल ट्रेड यूनियन अन्तगतका संगठनमा आबद्ध मजदुरको समस्यामा सदैब सरसहयोग र निती नियम र कानुनी अप्ठ्यारा पाटामा नेपाल यातायात मजदुर संधले परामर्स गर्दै अगाडी बढ्ने नेपाल यातायात मजदुर संधका केन्द्रीय उपाध्यक्ष हरी थापा, नेपाल यातायात मजदुर संध इटहरी नगर कमिटी अध्यक्ष दिनेश प्रदानले बताए ।
पथरी शनिश्चरेका अटो इ रिक्सा ब्यावसायीहरु लामो समय देखि कानुनी पाटो र संगठनको समस्यामा पर्दै आएको र अन्य संगठाले दर्ता र लेबिका नाममा मनपरी रकम असुल्ने गरेकोले संगठीत हुनु परेको पथरीशनिश्चरे अटो इ रिक्सा प्रा.लि का अध्यक्ष महेन्द्र गौतमले बताए ।

सम्बन्धित खवर