साइनो समाचारदाता
केराबारी । दोश्रो कुसुमे उद्यौली कप २०७६ शुक्रबारदेखि मोरङको केराबारी ९ मा सुरु भएको छ ।
कुसुमे साईनिङ क्लवलाई ट्राइबेकरमा पाखा लगाउँदै रोयल फुटबल क्लब दमक झापा दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा गोल नभएपछि खेल ट्राइबेकरमा मोडिएको थियो । ३ को विरुद्ध ५ गोल गर्दै रोयलले सेमीफाइनलमा प्रवेश पाएको हो । सनिबार सशस्त्र प्रहरी बल पूञ्र्वाञ्च र लेटाङ फुटबल क्लबबीच खेल हुदैछ । कप विजेतालाई ५१ हजार, ट्रफी र प्रमाण पत्र र उपविजेतालाई ३१ हजार, ट्रफी र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।