आत्मानन्द कपः उपाधि दार्जिलिङलाई - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

आत्मानन्द कपः उपाधि दार्जिलिङलाई

साइनो समाचारदाता

इलाम । जिल्लाको माङसेबुङमा संचालित १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतले जितेको छ ।

भाङबारी स्पोर्टिङ क्लब दमक झापालाई २–० को अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि जितेको हो । स्वदेशी र विदेशी टिमबीचको प्रतिष्पर्धात्मक खेलको उत्तरार्धमा दार्जिलिङले गोल गर्दै उपाधि चुमेका थिए । खेलको ५३ औं मिनेटमा दार्जि्लिङका निश्चल राईले गोल गरी टिमलाई उपाधि नजिक पुर्याए । इन्जुरी समयमा पुन दार्जिलिङका सन्तोष राईले गोल गरी २–० को उपाधि दिलाएका थिए ।

जितसँगै दार्जि्लिङले नगद २ लाख १ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद १ लाख १ सय ६६ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको विजेता र उपविजेतालाई बुधबार पुरस्कार वितरण गरेको हो । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिता गत ११ मंसिरदेखि संचालित थियो ।

सम्बन्धित खवर