आत्मानन्द कप : उपाधिको लागि दार्जेलिङ र दमक भिड्दै - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

आत्मानन्द कप : उपाधिको लागि दार्जेलिङ र दमक भिड्दै

साइनो समाचारदाता

इलाम । १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको आज (मंगलबार) फाइनल हँदैछ । माङ्सेबुङ इलाममा जारी कपको फाइनल दिउँसो २ बजे पछि हुँदैछ ।

उपाधिका लागि मानेभञ्ज्याङ स्पोर्टिङ क्लव दार्जि्लिङ भारत र भाङबारी स्पोटिङ क्लब दमक झापा आमनेसामने हुँदैछन् । यसअघि सोमबार भएको अन्तिम सेमिफाइनलमा रेडस्टार फूटबल क्लव बिर्तामोड झापा विरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै दमक फाइनलमा प्रवेश गरेको थियो । दार्जि्लिङ भने एएससी अर्जुनधारा झापालाई पराजित गर्दै फाइनल प्रवेश गरेकव थियो । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिता भएको हो । विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टिङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता छ । विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङ्देनको जन्मोत्सवमा फुटबल सहितविभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । आत्मानन्द कपमा फूटबलसहित, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुनेछन ।

सम्बन्धित खवर