आत्मानन्द मैदानमा झापा र तेह्रथुम जुध्दै - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

आत्मानन्द मैदानमा झापा र तेह्रथुम जुध्दै

साइनो समाचारदाता

माङसेबुङ (इलाम) । आत्मानन्द कप फूटबल प्रतियोगिताको १२ औं संस्करणको खेलमा शनिबार झापा र तेह्रथुमको टोली जुध्दैछन् ।

आत्मानन्द खेलमैदान माङसेबुङ इलाम हुने पहिलो चरणको अन्तिम खेलमा मिर्मिरे याक्थुङ युबा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाबी खेल हुदैछ । दिउसो २ वजे हुने भनिएको खेलको विजेताले भाङ्बारी स्पोटिङ युथ क्लब दमकसँग खेल खेल्नेछ । दोस्रो सेमिफाइनल खेल मंसिर १६ गते हुने छ । दमकले मंसिर १२ गते भएको पहिलो चरणको खेलमा १–० को अन्तरले इलाम नगर खेलकुद प्रतिष्ठानलाई पाखा लगाएको थियो ।

मंसिर १३ गते भएको खेलमा राजाबास युथ क्लब सुनसरीलाई कडा प्रतिस्पर्धाको सामना गर्दै दोस्रो चरणमा प्रवेश पाएको छ । अब एएससी अर्जुनधारा झापाले पाहुना टोली मानेभञ्जाङ स्पोटिङ क्लब दार्जेलिङसँग खेल पक्का गरेको छ । खेल १५ गते हुनेछ ।

मंसिर १२ गते भएको खेलमा भाङबारी स्पोर्टिङ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कष्ठपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णाय बनेको थियो । खेलको म्यान अफ दी म्याच विजेता झापाका सनम भुजेल घोषित भए ।

मंसिर ११ गते भएको उद्घाटन खेलमा मित्र राष्ट्र भारतको टिम मानेभञ्ज्याङ स्पोटिङ क्लब दाजिर्लिङ विजयी सुरुआत गरेको छ । घरेलु टिम माङसेबुङ खेदलकुद विकास समिति इलामलाई विरुद्ध सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल २७ मंसिरमा हुनेछ । विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टिङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता छ । विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङ्देनको जन्मोत्सवमा फुटबल सहितविभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । आत्मानन्द कपमा फूटबलसहित, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुनेछन ।

सम्बन्धित खवर