आत्मानन्द कपः कडा प्रतिस्पर्धा बीच झापाले जित्यो - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

आत्मानन्द कपः कडा प्रतिस्पर्धा बीच झापाले जित्यो

साइनो समाचारदाता

माङसेबुङ (इलाम) । जिल्लाको पश्चिमी गाउँपालिका माङसेबुङमा जारी आत्मानन्द कप फूटबल प्रतियोगिताको १२ औं संस्करणको खेलमा एएससी अर्जुनधारा झापा दोस्रो चरणमा प्रबेश गरेको छ ।

शुक्रबार आत्मानन्द खेलमैदानमा भएको खेलमा राजाबास युथ क्लब सुनसरीलाई कडा प्रतिस्पर्धाको सामना गर्दै दोस्रो चरणमा प्रवेश पाएको हो । अब एएससी अर्जुनधारा झापाले पाहुना टोली मानेभञ्जाङ स्पोटिङ क्लब दार्जेलिङसँग खेल पक्का गरेको छ । खेल १५ गते हुनेछ ।

झापा र सुनसरीले निर्धारित समयमा गोल गर्ने प्रयास गरे पनि जारी चुमाउन सकेन । त्यसपछि खेल ट्राइबेकर मोडियो । ट्राइबेकरमा पनि दुबै टिमका ५÷५ जना खेलाडी मध्ये ३÷३ गोल मात्र गर्न सफल भएको थियो भने २÷२ जनाले जाली चुमाउन सकेनन् । खेलको निर्णय नभएपछि गोलरक्षक÷गोलरक्षकको पालोमा झापाले अग्रता कायम गर्यो । झापाले ३ गोलको विरुद्ध ४ गोल गर्दै कप दाबेदारीमा उभ्याएको हो ।

मंसिर १२ गते भएको खेलमा भाङबारी स्पोर्टिङ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कष्ठपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णाय बनेको थियो । खेलको म्यान अफ दी म्याच विजेता झापाका सनम भुजेल घोषित भए ।

मंसिर ११ गते भएको उद्घाटन खेलमा मित्र राष्ट्र भारतको टिम मानेभञ्ज्याङ स्पोटिङ क्लब दाजिर्लिङ विजयी सुरुआत गरेको छ । घरेलु टिम माङसेबुङ खेदलकुद विकास समिति इलामलाई विरुद्ध सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनुपरेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जि्लिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनुपरेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता दिएको थियो । दोश्रो हाफमा खेलको ३७ औं मिनेटमा माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरमिा ल्याए । ४० औं मिनेटमा दाजिर्लिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए । ४२ औं मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धा्रित समयमा दुवै टिमबाट गोल हुन सकेन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल २७ मंसिरमा हुनेछ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टीङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जि्िलङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता छ । विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वा्िधक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङदेनको जन्मोत्सवमा फुटबल सहितविभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । आत्मानन्द कपमा फूटबलसहित, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुनेछन ।

सम्बन्धित खवर