आत्मानन्द कपः दार्जेलिङ, भाङ्बारी दोस्रो चरणमा, आज सुनसरी र झापा आमुन्ने सामुन्ने हुदै - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

आत्मानन्द कपः दार्जेलिङ, भाङ्बारी दोस्रो चरणमा, आज सुनसरी र झापा आमुन्ने सामुन्ने हुदै

साइनो समाचारदाता

माङसेबुङ (इलाम) । जिल्लाको पश्चिमी गाउँपालिका माङसेबुङमा आज शुक्रबार राजाबास युथ क्लब सुनसरी र एएससी अर्जुनधारा झापाबी भिड्दैछन् ।

आत्मानन्द कप फूटबल प्रतियोगिताको १२ औं संस्करणको खेल आत्मानन्द खेलमैदानमा दिउँसो २ बजेदेखि खेल सुरु हुनेछ । दुई टिमको आमुन्ने सामुन्नेबाट विजयी टिमले मानेभञ्जाङ स्पोर्टिङ क्लब दार्जेलिङसँग खेल खुल्नेछ । सो खेल मंसिर १५ गते हुदैछ ।

मंसिर १२ गते भएको खेलमा भाङबारी स्पोर्टिङ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कष्ठपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णाय बनेको थियो । खेलको म्यान अफ दी म्याच विजेता झापाका सनम भुजेल घोषित भए ।

मंसिर ११ गते भएको उद्घाटन खेलमा मित्र राष्ट्र भारतको टिम मानेभञ्ज्याङ स्पोटिङ क्लब दाजिर्लिङ विजयी सुरुआत गरेको छ । घरेलु टिम माङसेबुङ खेदलकुद विकास समिति इलामलाई विरुद्ध सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनुपरेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जि्लिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनुपरेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता दिएको थियो । दोश्रो हाफमा खेलको ३७ औं मिनेटमा माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरमिा ल्याए । ४० औं मिनेटमा दाजिर्लिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए । ४२ औं मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धा्रित समयमा दुवै टिमबाट गोल हुन सकेन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल २७ मंसिरमा हुनेछ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टीङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जि्िलङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता छ । विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वा्िधक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङदेनको जन्मोत्सवमा फुटबल सहितविभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । आत्मानन्द कपमा फूटबलसहित, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुनेछन । आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

सम्बन्धित खवर