उप निर्वाचनः धरानमा निर्वाचनको तयारी पूरा भयोः आयोग - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

उप निर्वाचनः धरानमा निर्वाचनको तयारी पूरा भयोः आयोग

साइनो समाचारदाता

धरान । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानमा निर्वाचन स्थलमा खटिएका कर्मचारीहरुको घुइँचो लागेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुखको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा ९२ हजार ५५३ मतदाता रहेको छ । धरान उपमहानगरपालिकामा यसपटक ९९ मतकेन्द्र र २८ वटा मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी तथा निमित्त प्रमुख अजय मिश्रले बताए । आयोगले मतदान केन्द्रमा बुधबारदेखि ४९५ जना कर्मचारी मतदान सामग्रीसहित खटाएको छ । प्रत्येक मतदान स्थलमा पाँचजनाका दरले स्वयंसेवक तयार गरिएको छ । उपनिर्वाचनका लागि सुनसरी जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु खटाइएको मुख्य निर्वाचन कार्यालय धरानका सहायक अधिकृत निधिराम दाहालले बताए ।

सम्बन्धित खवर