अनलाइन सम्झौता बारे कार्यशाला - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

अनलाइन सम्झौता बारे कार्यशाला

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालय पथरी शनिश्चरे, मोरङले वडा वडाबाट समेत योजनाको अनलाइन सम्झौताको सुरुवात गर्दै वडा सचिव सहितका कर्मचारीलाई त्यस सम्वन्धि कार्यशाला गराएको छ ।

नगरपालिका सभाकक्षा आयोजित कार्यक्रममा नगरका सूचना प्रविधि अधिकृत दीपकजंग गुरुङले सफ्टवेयरमार्फत वडा तहका सवै योजना अनलाइन सम्झौता गर्ने तरिका बारेमा जानकारी गराए । कार्यक्रममा, नगरका उपसचिव शालिग्राम काफ्लेले अव नगरको समग्र पक्षलाई अनलाईनमा व्यवस्थित गर्ने क्रममा योजना सम्झौताको प्रक्रिया समेत अघि बढाइएको बताए ।

सम्बन्धित खवर