हसन्दहबाट १६ दिने अभियान सुरु - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

हसन्दहबाट १६ दिने अभियान सुरु

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।

नगरका ३ स्थानमा जनचेतनामूलक कार्यक्रम गर्ने योजना अनुरुप वडा नम्वर ५ र ६ का लागि हसन्दहमा कार्यक्रम भएको हो । कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, नगरको महिला तथा बालबालिका शाखाकी गीता कट्टेल, नगर महिला फेडेरेशनकी संयोजक गोमा दहाल, समाजसेवी देवीमाया काफ्ले, शिक्षक कमल कटुवाल सहितले मन्तव्य व्यक्त गर्दै सवै पक्ष मिलेर लैंङ्गिक हिंसा अन्त्य गर्नु पर्ने बताइन् । सो अवसरमा लैंङ्गिक हिंसा विरुद्ध विद्यालयस्तरीय कविता प्रतियोगितामा अमरसिंह माविकी विना पासवान प्रथम, म्यूजिकल चियर्समा सोही माविकी उर्मिला भण्डारी प्रथम भएका थिए । हण्फिोरमा सुगाहाट माविकी कोपिला मगर र गायनमा कविता राई समेत पुरस्कृत भएका छन् ।


वडा नम्वर ४, ८ र ९ का लागि १८ गते शनिश्चरेमा र १, २, ३, ७ र १० का लागि २४ गते समापनका रुपमा पथरीमा कार्यक्रम हुने तय गरेको छ ।

सम्बन्धित खवर