एक मतले सरकारलाई सच्चिने सन्दर्भमा योगदान पुग्नेछः प्रवत्ता शर्मा - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

एक मतले सरकारलाई सच्चिने सन्दर्भमा योगदान पुग्नेछः प्रवत्ता शर्मा

साइनो समचारदाता

धरान । नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले एक मतले सरकारलाई सच्चिने सन्दर्भमा योगदान पुग्ने बताएका छन् । ‘आदरणीय मतदाताहरु तपाइको एक मतले सरकारलाई सच्चिने सन्दर्भमा योगदान पुग्नेछ । धरानबाट कांग्रेसले जितेमा सरकारलाई सच्चिनकालागी बल पुग्नेछ ’उनले भने, ‘कांग्रेसका उम्मेदवार तिलक राईलाई जिताएर धरानले देशभरीलाई मतदाताको मनोभाव बदिएको सन्देश दिन्छ।’

बिहीबार धरान स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभा हलमा प्रेस युनियन धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवत्ता शर्माले सो कुरा बताएका हुन् । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले धरानको चुनावी सभालाई सम्बोधन गरे भने केन्द्रीय सदस्य शेखर कोइराला तीनदिनदेखि धरानमा छन् ।

सम्बन्धित खवर