उपनिर्वाचनः उपमहानगरपालिकाको प्रमुख पदकी स्वतन्त्र उम्मेदवार एलिसाले जनमुक्तिलाई सघाउने - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

उपनिर्वाचनः उपमहानगरपालिकाको प्रमुख पदकी स्वतन्त्र उम्मेदवार एलिसाले जनमुक्तिलाई सघाउने

साइनो समाचारदाता

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार एलिसा राईले ‘घर’ चुनाब चिन्हबाट उठेका उम्मेदवारलाई सघाउने भएकी छिन् ।

शुक्रबार विज्ञप्ती जारी गर्दै राईले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार गोकर्ण राईलाई सघाउने सहमति भएको छ । दुबै उम्मेदवार बीच चार बुँदे सहमति भै पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । जनमुक्ति पार्टीको चुनाब चिन्ह घरमा मतदान गर्न दुबै उम्मेदवार प्रचारमा जाने स्वतन्त्र उम्मेदवारको चुनाब चिन्ह चमेरालाई प्रचारमा नलालेलगायत सहमति भएको छ ।

यस्तो छ विज्ञप्ती

प्रेस बिग्यप्ति

मिति २०७६ मङ्सिर ६ गते
पत्रकार ज्युहरु !
मिति २०७६ मङ्सिर १४ गते धरान उपमहानगरपालिकामा हुन गईरहेको उपनिर्वाचनमा विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवार हरुले उम्मेदवारी दिएको हामी सबैमा अवगत नै छ । वर्तमान धराने जनताको उत्कट चाहाना र मागलाई मध्यनजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार श्री एलिसा राई बिच भएको ४ बुदे सहमति साझेदारी गर्दछौ ।

१)राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार गोकर्ण राईलाई साझा उम्मेदवार स्वीकार गरि घर चुनाव चिन्हलाई सहयोग गर्ने ।
२)दुबै उम्मेदवार संयुक्त रुपमा मतदाता समक्ष घरदैलो अभियान संचालन गर्ने ।
३)स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हलाई प्रचार प्रसारमा नल्याउने ।
४) दुबै पक्षले भएको सहमतिलाई उल्लंघन नगर्ने ।

एलिसा राई गोकर्ण राई
स्वतन्त्र उम्मेदवार उम्मेदवार

सम्बन्धित खवर