मन्त्री आङ्बो चासोकमा सम्बोधन गर्न पथरी आउने - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

मन्त्री आङ्बो चासोकमा सम्बोधन गर्न पथरी आउने

साइनो समचारदाता

पथरी । मुलुककै सबैभन्दा भव्य रुपमा पथरी, शनिश्चरे (मोरङ)मा मनाउँदै आएको मौलिक पर्व चासोक तङ्नाम यस पाली पनि भव्यरुपमा मनाउने भएको छ ।

तीन दिनसम्म मनाइने चासोक चङ्नाम फुङ्सोक उत्सब उधौली पुजाको अन्तिम दिन (मंसिर २६ गते) सम्बोधन गर्न आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति र सिरिजंगा स्मृति धार्मिक बनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिको आमन्त्रण गरिएको चुम्लुङ नगर सचिब प्रेम लिम्बु (विक्रम)ले बताएका छन् । मंसिर २३ गते देखि मनोरञ्जनात्मक रोटेपिङ सञ्चालन, सिरिजंगा स्मृति पुरुष÷महिला भलिबल प्रतियोगिता हुने भएको छ । महिला भलिबलको प्रथम पुरस्कार(नगद ३५ हजार)को प्रायोजन पर्शुराम कार्की र दोस्रो पुरस्कार (नगद २५ हजार) को प्रायोजन कोपिला सिरेङ चोङबाङ(हाङबाङ)ले गरेका छन् । आयोजकको अनुसार पुरुष भलिबलको दोस्रो पुरस्कार प्रायोजन नगरपालिकाले गरेको छ । पुरुष भलिबलको विजेताले नगद ५५ हजार र उपविजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

मंसिर २५ गते ऐतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा, लिःतोङ आप्मा हुने भएको छ । मंसिर २६ गते विहानदेखि उद्योली पूजा हुने र दिउसो ११ वजेदेखि सम्मान कार्यक्रम, पुरस्कार वितरण, केःलाङ, माङ्लाङ, येवालाङ याःलाक्मा, काक्पारे ख्यालीसहित साँस्कृतिक कार्यक्रम हुने वताइएको छ । सोहि दिन चर्चित संगीतकार तथा गायक तारा प्रकाश लिम्बुको विशेष साँगीतिक कार्यक्रम पनि हुदैछ ।

सम्बन्धित खवर