साइनो समाचारदाता
पान्थर । लिम्बू समुदाय परम्परागत चलन ‘सैमुन्द्री’ अब चाँढैनै पर्दामा देखिने भएको छ ।
मुन्धुममा आधारित रहेर चलचित्र ’सैमुन्द्री’ निर्माण हुनेभएपछि सो दर्शकले मनोरञ्जन लिन सक्नेछ । सेवारो फिल्मसले निर्माण चलचित्रको लेखन सागर केरुङले गरेका छन् । चलचित्रमा लोकेन सांवाले निर्देशन गर्नेभएको छ । आगामी जनवरीदेखी पान्थर र ताप्लेजुङमा छायांकन हुने चलचित्रमा राजकुमार लिङ्देन,उपासना नेम्बाङ,बबिता फोम्बो लगायतका कलाकारहरुको अभिनय रहने निर्देशक सांवाले बताए ।