धराने जनताले धरान उपमहानगरपालिकाको सेवा गर्ने मौका दिनुहुनेछः उम्मेदवार इस्वो - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

धराने जनताले धरान उपमहानगरपालिकाको सेवा गर्ने मौका दिनुहुनेछः उम्मेदवार इस्वो

मंसिर १४ गते हुने भनिएको उप निर्वाचनले अहिले धरान उपमहानगरपालिकाको माहोल तातिएको छ । सबै उम्मेदवारहरु चुनाबी अभियानमा होमिएका छन् । यहि अभियानमा लागेका मध्ये एक हुन्, समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो । उनै उम्मेदवारसँग उप निर्वाचनको विषयमा साइनो खबरले गफगाफ गरेको छ ।

के एजेन्टा लिएर मत मागिरहनु भएको छ?

निर्वाचन आचारसंहिताले दिए अनुसार प्रचारप्रसार गरिरहेका छौं । १६ नम्बर वडाबाट चुनाबी अभियान प्रारम्भ गरेका छौं । चुनाबी घोषणा पत्र, अपिल लिएर चुनाबी अभियान थालिरहेका छौं । २७ वर्ष लामो समाज सेवा, राजनीतिक क्षेत्रमा लागिरहेको छु । यहाँको वातावरणसँग घुलमिल, बुद्धिजीवी, राजीतिककर्मी, सबैसबैसँग हेलमेल भएको व्यक्ति हुँ । राजनीतिक पार्टीमा रहेर काम गरिरहेको र बढी चाहिँ समाजसेवी हो भनेर म चिनिन्थे । धरानमा सबै भन्दा ठूलो समस्या खानेपानी समस्या छ । एडीभीको लगानीमा प्रोजेक्ट सञ्चालन गरियो । तर खानेपानीको समस्या ज्यूको त्यू छ । यस्तो खाल्को वितृष्णा छ । अव्यवस्थित सुकुम्बासी व्यवस्थाको लागि पटकै काम अगाडि बढाएको देखिएन । यो विषयमा ठूला पार्टीले समस्याको हल गरेन भन्ने गुनासो आएको छ । धरानले संकल्प गरेको शिक्षा, स्वास्थ्य, पर्यटक प्रवर्दनको कुरा, पुरानै गुरु योजना अन्तरगतका कुराहरु कार्यान्वयन नभएकाले ती कुराहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता राखेको छु । त्यसो भएको हुनाले धराने जनताले अवश्य पनि उप निर्वाचनमा मत दिने कुरामा म विशस्त छु ।

कांग्रेससँग चुनाबी तालमेल गर्ने कुरा उठेके थियो नि?

आधिकारिक रुपमा चलेको छैन। यो विषयमा पार्टी केन्द्रीय समितिको कुरा रहन्छ । अनि स्थानीयस्तरमा एकदुई सिटिङ भयो । अध्ययन र विश्लेषण गरेर लाल्टमा केहि भएछ भने सोचुङला भन्ने मात्रै भएको छ । साना पहिचानबादी दल र प्रतिपक्षी दलहरुसँग समिकरण गर्ने पहल पनि भयो । कांग्रेस, समाजवादी, लिम्बुवान, जनमुक्ति पार्टी, खम्बुवान आदिसँग समिकरण गर्ने भन्ने कुरा भयो । आफ्नो आफ्नो पार्टी चुनाबमा को कस्तो छ भनेर परिक्षण लिनुको लागि पनि चुनाब लड्नु हो भन्ने खाल्को बुझाईबाट सल्लाह सुझाब आयो । त्यसो हो भने अध्ययन विश्लेषण गर्दै जाने हेर्दै जाउ अन्तिममा मिल्नु पर्छ भने मिलांै । नत्र भने आआफ्ै लडौं । भन्ने छलफल चलेको छ ।

मतदाताहरुले तपाईको दलले यस अघि धरान उपमहानगरपालिकाको विकासमा पार्टीले के गर्यो भनेर सोध्दैनन् ? तपाई र तपाईको पार्टीले के गर्यो ?

हामीले बारम्बार प्रतिपक्षीको रुपमा भूमिका खेल्यौं । स्थानीय चुनाबपछिको जनप्रतिनिधिहरु रहेको स्थानीय सरकारले उस्को दलबाहेकका मान्छेहरुलाई उपेक्षा गरिरहेको छ । स्थानीय स्तरमा टोल विकास समितिहरुमा त्यो पार्टीकै मात्र क्याड्र्स छन् । पार्टीले तोकेको वा वडा अध्यक्षले तोकेको बाहेक बौद्धिक वुद्धिजिवि, विज्ञ, राजनीतिककर्मी, समाजसेवी कसैलाई मतलब नै नराख्ने खाल्को भयो ।

तपार्इँको दलले रोक्नको लागि केहि भूमिका निर्वाह गरेन ?

खासमा पुरानो सत्ताको दुई तिहाइको दम्भ छ । केहि पनि गर्न दिइएन । हामीले आफ्नै किसिमले समाजसेवा गर्यौं । हामी करायौं । यस्तो गर्नु हुदैन भन्यौं । खानेपानी आउदैन, विजुली बत्ती आउदैन के गर्ने ? यसको व्यवस्था कसरी गर्ने, ढल अव्यवस्थित छ । अव्यवस्थित सुकुम्बासी व्यवस्था छ । विरोध गर्यौं । खबरदारी गर्यौं । तर निर्णायक मोडमा पुग्न सकेको अवस्था छैन । हामीले यी सबै समस्या हल गर्नका लागि घोषणा पत्रमा समानुपातिक प्रतिनिधित्वको आधारमा सबै मान्छेहरुलाई समेटेर, बौद्धिक बुद्धिजीवीहरु, विज्ञ मान्छेहरुको दिमागलाई प्रयोगमा ल्याउने गरी अगाडि बढेका छौं ।

तपाई त लाहुरे पृष्ठभूमिको मान्छे । धरान लाहुरे बाहुल्य भएको क्षेत्र पनि हो । धराने मतदाताहरुलाई उम्मेदवारको हिसाबले भन्नुहुन्छ ?

धरानको विकासमा भूपूहरुको ठूलो योगदान रहेको दाबीको साथ भन्छौं । भूपूहरुको सहर भनेर घोषणा पनि गरिएको हो । भूपू सैनिकहरुले धरानलाई झलक्क हेर्दा नमुना सहरको रुपमा प्रत्याभूति दिएको हुनाले धराने जनताले धरान उपमहानगरपालिकाको सेवा गर्ने मौका दिनुहुने भन्ने अपेक्षा राख्दछु । मतदान दिनुहुनेछ भन्ने कुरामा विसस्त छु ।

सम्बन्धित खवर