करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

साइनो समचारदाता

पथरी । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराको साथ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

मंगलबार पथरी उद्योग बाणिज्य संघमा भएको कार्यक्रममा उद्योगी, व्यवसायीहरुले सहभागिता जनाएका थिए । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजना भएको कार्यक्रममा राजस्व कार्यालयका कम्प्युटर अधिकृत हरिप्रसाद सेढाईलगायतले सहजिकरण गरेका थिए । प्यान दर्ता, विक्री खाता, खरिद खाता, नेटको माध्यमबाट आय कर तथा मूल्य अभिवृद्धि कर वितरण बुझाउनेलगायत विषयमा अन्तरक्रियामा जानकारी गराइएको थियो । कार्यक्रममा कार्यालयका प्रमुख, कर अधिकृत विमल सापकोटा, नायब सुब्बा दुर्गा ढकाललगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खवर