मन्त्रिमण्डल फेरबदल बारेको समाचार अनर्गल र भ्रामकः प्रचण्डको निजी सचिवालय - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

मन्त्रिमण्डल फेरबदल बारेको समाचार अनर्गल र भ्रामकः प्रचण्डको निजी सचिवालय

साइनो मसचारदाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालय खुमलटारले विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको भत्सना र खण्डन गरेको छ ।

पाटी अध्यक्ष प्रचण्डलाई जोडेर वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा खबर आएको भन्दै खुमलटारले खण्डन गर्दै पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरेकाले दुष्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह पनि गरेको छ । ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ।’ सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मन्त्रिमण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ।’

सम्बन्धित खवर