राजधानीलाई पार्किङ निषेधित क्षेत्र बनाउने - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

राजधानीलाई पार्किङ निषेधित क्षेत्र बनाउने

राजेश कुमार राजवंशी

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख राकेश कुमार पोद्धारले बसपार्क देखि बरगाछीसम्म पार्किङ निषेधित क्षेत्र बनाउने बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुख भएर आएका पोद्दारले विराटनगरको ट्राफिक जामलाई आफै फिल्डमा गएर निगरानी गर्ने बताए । ट्राफिक प्रहरी कार्यालयमा सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पोद्धारले विभिन्न भावी योजना अगाडि बढाउने बताएका छन । विराटनगरको आयलनिगम क्षेत्रमा पार्किङ गरेर राखिएका ट्रयान्करहरुलाई समेत व्यवस्थापन गर्ने बताए । भन्सार प्रमुखसन्ग सहकार्य गरि रानीको ट्राफिक जामलाई व्यवस्थापन गर्ने दाबी गरे । ‘विराटनगरको मुख्य (मुख्य चौकमा ट्राफिक प्रहरी राखी ट्राफिक जामलाई कम गर्नेछौं ।’ उनले भने, ‘ट्राफिक जाम गुदरी बजार, अस्पताल चौक, सातघुम्ती बाटो लगायत ट्राफिक प्रहरीले बढी निगरानी गर्नेछ ।’ पोद्दारले महानगरपलिकासँग सहकार्य गरि पार्किङ स्थानको चाडैं टुंगो लगाउने बताए । प्रदेश न १ को राजधानी विराटनगरलाई पार्किङ निषेधित बनाउने उनको भनाई छ ।

सम्बन्धित खवर