१७ बर्षीय किशोरीले अवैद्ध बच्चा जन्माईन, असुरक्षीत गर्भपतन दुई दिन पछि शिशुको शव फेला - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

१७ बर्षीय किशोरीले अवैद्ध बच्चा जन्माईन, असुरक्षीत गर्भपतन दुई दिन पछि शिशुको शव फेला

१६ बर्षीय किशोरीको गरिव, अशिक्षा वा दबावको कारण नाजायज संबन्ध रहन गयो, त्यसको असर बच्चा बस्न गयो, नाजायज र गरिवीका कारण घटना केहि समयको लागि ढाकछोप त भयो तर पेटमा हुर्किदै गएको बच्च गाँउमा च्याउ सरी उम्रेका औषधी पसलले कमाउनै बाटो बन्यो । कानुन बिपरी अवैधानीक तवरले छोटो सायमा बिना अनुभव पैसा कमाउन गर्वपतन गराउने औषधी पसलका कारण समाजमा यस्ता घटना घट्ने गरेको पाईन्छ । यो घटना एउटा प्रतिनिधी मात्र हो । यस्ता कार्यमा गाँउघरका औषधी पसल र क्लिनिकहरुले संबन्धी सबै पक्षलाई पैसाको बुजोले मुख टाल्ने र स्वतन्त्र तरिकाले आफ्नो ब्यावसाय संचालन गर्ने गरेको पाईन्छ । यदि कहि कतै समस्या आएमा उनिहरु पावर र पहुचका आधारमा छुट्ने गरेको ज्वलन्त उदाहरण छ ।

असुरक्षीत गर्भपतनद्धारा मृत शिशु

साइनो समचारदाता पथरी/ मोरङको कानेपोखरी गाउँपालिका–६ की मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको छ । दवाडीले कातिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो । दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ ।
कानेपोखरी ६ की १७ वर्षीय सुनिता विश्वकर्माले स्थानीय मेडिकल सेन्टरमा शिशु जन्माएर पुरेको आरोपमा प्रहरीले निग्रानीमा राखेको छ भने अबैध सुत्केरी गराउने मेडिकल सोधपुछ गरि छाडिएको छ । मेडिकलले भने ल्याब र औषधी बिक्री गर्ने भने पनि सुत्केरी गराउने अनुमती लिएको छैन ।

भोलिपल्ट मंगलवार साझको समयमा आफ्नो घर पछाडी रहेको करेसावारीमा टमाटर रोप्ने क्रममा शिशुको हात फेला परेपछि आफुले स्वास्थ्य संस्थाका संचालकलाई खवर गर्दा आफुले थाहाँ पाईसकेको जवाफ आएको मेनुका दवाडी बताउछिन् ।

घटनाको भोलि पल्ट घर पछाडीको करेसाबारीमा टमाटर रोप्ने क्रममा कुटेले माटो खोस्रदा साल नाल सहितको शिशुको हात बाहिर आएपछि घटना सार्वजनीक भएको हो । साँझ ६ बजेको समयमा बाबु छोरी स्वास्थ परिक्षण गर्न आएको र पिसाव चेक गर्न ट्वाईलेट गएको तर संम्पर्कमा नआएको संचालक प्रकास धिमालले बताए ।

मेडिकल संचालक प्रकास धिमाल

स्वास्थ्य सस्था संचालक धिमाल र स्थानीयको कुरा भने मिल्दैन । किशोरीको उपचारमा समलग्न स्वास्थ्यकर्मी ल्याव टेक्निसियन र्सिजना घिमिरे र अनमी सावित्रा गुरुङलाई घटनाको वारेमा बुझदा आफुहरुले केहि वोल्न नमिल्ने भन्दै पन्छिए पछि घटना थप संकास्पद बनेको छ । प्रहरीले मेडिकल संचालक र सुत्केरी किशोरीलाई नियन्त्रणमा लिए पनि संचालकको कुनै कमजोरी नरहेको भन्दै छाडेको छ । बिना अनुमती स्वास्थ परिक्षण गर्नु, अबैधानीक गर्वपतन गराएर शिशु फाल्ने औषधी पसल संचालनमा रोकतोक नहुनुले घटना थप संकास्पद देखिन्छ ।

असुरक्षीत गर्भपतन गराउने मेडिकल पसल

यता अनुसञ्धानको क्रममा रहेकी किशोरीले प्रहरी सामु २०७६ बैशाखमा आफन्तकोमा गएका बेला संजिव राई संग यौन सम्बन्ध भएको बयान दिएकी ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख रामबहादुर ढकालले बताए ।
शिशुलाई गाडिएको अवस्थामा फेला पारेपछि स्थानीयले इलाका प्रहरी कार्यलय पथरीलाई खवर गरेका थिए ।
धुलो माटोमा पुरिएको अवस्थामा शिशु फेला परे पछि सबुत प्रमाण नहराओस भनी प्रहरीलाई खवर गरेको वडाध्यक्ष खड्ग बहादुर बस्नेत बताउछन ।
शिशुको शव विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारनमा पोष्टमार्टम गरि अन्त्येष्टि गरिएको प्रहरीले जनाएको ।
भने शिशु जिवित जन्मेकी थिईन या मृत भने अस्पतालको पोष्टमार्टम रिर्पोट आएपछि थाहा हुने र थप कार्वाहिको प्रक्रिया अगाडी बढ्दै जाने ईलाका प्रहरी कार्यालय पथरीले बताइको छ ।

सम्बन्धित खवर